स्थानीय तहका बजेट : यस्तो छ पाेखरा र ललितपुरकाे बजेट   

स्थानीय तहका बजेट : यस्तो छ  पाेखरा र ललितपुरकाे बजेट   


काठमाडौँ । भूगोलका हिसाबले नेपालकै ठूलो महानगरपालिका पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७को लागि ७ अर्ब ५४ लाख रुपैयाँको बजेट बनाएको छ । महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बजेट नगरसभामा पेस गर्नुभएको हो ।


महानगरको बजेटमा ४७ दशमलव ६५ प्रतिशत हिस्सा संघीय सरकारको अनुदान रहेको छ । संघीय सरकारले ३ अर्ब ३३ करोड ७८ लाख रुपैयाँ अनुदान दिने प्रस्ताव बजेटमा छ । त्यसैगरी गण्डकी प्रदेश सरकारले कूल बजेटको ६ दशमलव ८५ प्रतिशत अर्थात ४७ करोड ९६ लाख रुपैयाँ अनुदान दिने बजेटमा अनुमान गरिएको छ । 

 

ललितपुरको बजेट
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ । ललितपुर महानगरपालिकाको मंगलबार ललितपुरमा आयोजित चौथो नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६(०७७ का लागि बजेट पेस गर्नु भएको हो । नगरसभामा पेस गरिएको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरिएको छ ।

पूर्वाधार विकासका लागि २ अर्ब ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको हो । मेयर महर्जनले पूर्वाधार विकासका लागि छुट्याइएको यो बजेट कूल बजेटको ३८ दशमलव ७५ प्रतिशत रहेको पनि जानकारी दिनुभयो ।  

संम्बधित खबर