अर्थ

प्रतिनिधि सभाबाट विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधि सभाबाट विनियोजन विधेयक बहुमतले पारित



काठमाडौँ । प्रतिनिधिसभा बैठकबाट ‘विनियोजन विधेयक, २०७६’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले “विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले पारित गरेको हो ।  अर्थमन्त्री खतिवडाले “आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस्”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७६ माथि विचार गरियोस्” र ऋण तथा जमानत (तेइसौंं संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नुभएको बेग्लाबेग्लै प्रस्तावलाई पनि बैठकले बहुमतले स्वीकृत गरेको छ ।    

 

बैठकमा ती विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सेवामा कर लाग्छ तर कुन सेवामा कसरी लगाउने भन्ने र करको दरबारेमा भने छलफल गर्न सकिने बताउनुभयो । “पूर्वाधार निर्माण र पूँजीगत खर्चका लागि ऋण लिने भनिएकाले आन्तरिक ऋण स्वीकार्य सीमाभित्रै रहेको उहाँले बताउनुभयो । बैठकमा सांसदहरुले सरकारले करको दायरा बढाउनाको साटो जनतालाई दुःख दिने नियतले करको दर किन बढाएको भनी प्रश्न गर्नुभएको थियो ।    


 प्रतिनिधिसभाको अर्को बैठक यही असार १३ गते अपराह्न ४ बजे बस्नेछ । 

ADVERTISEMENT