अर्थ शेयर

शेयर बजारमा सामान्य सुधार, १३ लाख बढी शेयर ३६ करोडमा कारोबार

शेयर बजारमा सामान्य सुधार, १३ लाख बढी शेयर ३६ करोडमा कारोबार


काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुगेको छ ।

 

सामान्य अङ्कले बढेको बजारमा आज कारोवार रकम भने सामान्य देखिएको छ । कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर रु ३६ करोड ४७ लाख ७३ हजार ३३० बराबरको खरीद–बिक्री भए ।