विदेश

प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन


काठमाडौँ । युरोपेली मुलुक चेक गणतन्त्रमा प्रधानमन्त्री आन्डे्रज बाबिसको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । राजधानी प्रागमा भएको प्रदर्शनमा दुई लाख पचास हजारभन्दा बढी मानिसहरु सहभागी भएका थिए । प्रधानमन्त्री बाबिस अपराधिक गतिविधिमा संग्लन भएको र उनले राष्ट्रघात गरेको आरोप लगाउदै ‘मिलियन मोमेन्टस अफ डेमोक्रेसी’ समूहले प्रदर्शन आयोजना गरेको हो । 


प्रधानमन्त्रीमाथि युरोपियन युनियनले दिएको २ मिलियन युरो अनुदान हिनामिना गरेको आरोप छ । प्रधानमन्त्री बाबिसले भने आरोप अस्वीकार गर्दै आएका छन् । सरकारमा आउनुअघि सन दुई हजार सत्रमा प्रधानमन्त्री बाबिसले सो रकम दुरुपयोग गरेको अभियोगमा छानविन भैरहेको छ ।