स्वास्थ्य

सुई आतंकः सुई नै हो भन्ने पुष्टि भएको छैन–चिकित्सक 

सुई आतंकः सुई नै हो भन्ने पुष्टि भएको छैन–चिकित्सक 

काठमाडौं । अज्ञात व्यक्तले सुईजस्तै तीखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन् ।
 

प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी –ढल्कु क्षेत्रमा राति ९ देखि १० बजेको अवधिमा भएको देखिन्छ । 

 

पाँचैवटा घटनामा पैदल हिँडिरहेको  बेलामा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले सुईजस्तै तीखो वस्तुले घोच्ने र फरर हुने समान प्रवृत्ति देखिएको छ । 


सुई जस्तै वस्तुले घोचिएको भनिएका युवतीमध्ये तीन जना स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल  तथा सरुवा रोग अस्पताल टेकुमा समेत पुगेका छन् । 


अस्पतालका निर्देशक डा. वासुदेव पाण्डले अहिलसम्म केले घोचिएको हो भन्ने निष्कर्ष ननिस्किएको बताए । 

कान्तिपुर दैनिकबाट