मनोरञ्जन

गाउँपालिकामा बजेट वितरणको चरम बेथिति, विकास बजेट काटेर फिल्म बनाउन बजेट

गाउँपालिकामा बजेट वितरणको चरम बेथिति, विकास बजेट काटेर फिल्म बनाउन बजेट


डोटी । डोटीको जोरायल गाउँपालिकाले अभिनेता विराज भट्टले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’ का लागि १० लाख रुपैयाँ विनियोजन गरेपछि स्थानीयहरु आक्रोशित बनेका छन् । गाउँपालिकाको विकासका लागि आएको बजेटले गाउँको विकास गर्नुको सट्टा चलचित्रका लागि बजेट विनियोजन गरेको भन्दै स्थानीयहरु गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझासँग आक्रोशित बने । 

 

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले गएको जेठ २७ गते सम्पन्न पाँचौं गाउँ सभाबाट ‘साङ्लो’ चलचित्रका लागि १० लाख रुपैयाँ विनियोजन गरेपछि राजनीतिक दलका नेता कार्यकर्ता पनि आक्रोशित बनेका छन् । तर जोरायल गाउँपालिकाले हालसम्म कुनै आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।