अर्थ अपराध सुरक्षा

गरिबका नाममा कम्पनी दर्ता गरेर कर छल्नेविरुद्ध मुद्दा 

गरिबका नाममा कम्पनी दर्ता गरेर कर छल्नेविरुद्ध मुद्दा 

काठमाडौं । निम्न आर्थिक अवस्था भएका व्यक्तिका नाममा कम्पनी दर्ता गरेर नक्कली मूल्य अभिवृद्धि क कर भ्याट विलबाट कारोबार गरी राजस्व छली गर्नेविरुद्ध सरकारले करिब तीन अर्ब रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ । 

 

झुटा तथा नक्कली विजक तायार गरी राजस्व छल्ने सुनसरी इनरुवा ९ घर भई  भक्तपुर ठिमी बस्ने गोपालप्रसाद भट्टराई, रिम्बरध्वज कार्कीसहित १५ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । 

 

राजस्व अनुसन्धान विभागले दायर गरेको अभियोगपत्रमा दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी नीत वर्ष कैद र बिगोको दुई गुणा गरिवाना माग दाबी गरिएको छ । 

नागरिक दैनिकबाट 
 

ADVERTISEMENT