अर्थ

सुनको मुल्यमा ऐतिहासिक रेकर्ड, तोलाको ६४ हजार

सुनको मुल्यमा ऐतिहासिक रेकर्ड, तोलाको ६४ हजार


काठमाडौँ ।  बहुमूल्य धातु सुनको मूल्य इतिहास कै नयाँ उचाईमा पुगेको छ। छापावाल सुनको मूल्यले बिहीबार तोलाको ६४ हजार रुपैयाँको नयाँ रेकर्ड बनाएको हो।

 

सुनको भाउ यसभन्दा पहिले पछिल्लो पटक फागुनमा प्रति तोला ६३ हजार ३०० रुपैयाँसम्म पुगेको थियो। बुधबारको तुलनामा बिहीबार एकैदिनमा सुन तोलामा एक हजार रुपैयाँ बढीले बढेको हो। तेजाबी सुन प्रतितोला ६३ हजार ७०० र चाँदी प्रतितोला ७३० रुपैयाँ पुगेको छ। 


अन्तर्राष्ट्रिय बजारमै सुन महँगिएपछि त्यसको असर नेपालमा पनि देखिएको हो। अमेरिका र चीनको व्यापारिक युद्ध, पछिल्लो समय पोर्चुगलले र अमेरिकाबीच उत्पन्न तनावले अन्तर्राष्ट्रिय बजारमा सुन सञ्चय गर्ने क्रम बढ्दा मूल्य नयाँ उचाईमा पुगेको हो।