राजनीति

माधवलाई ओलीको चेतावनी, ‘सरकार चलाउन नदिने हो भने संसद भंग गर्छु’

माधवलाई ओलीको चेतावनी, ‘सरकार चलाउन नदिने हो भने संसद भंग गर्छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारविरुद्धको गठवन्धनमा लागि परे संसद भंग गर्ने र पार्टी एकता प्रक्रिया अवरुद्ध गर्ने चेतावनी दिएका छन् । 

पार्टी उच्च स्रोतले दिएको जानकारीअनुसार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्रीबीच दुई दिन अघि भेट भएको थियो । भेटका क्रममा घुमाउरो पारामा प्रधानमन्त्रीले माधव नेपाललाई यस्तो चेतावनी दिए । 

 

प्रधानमन्त्री ओलीले यस्तै चेतावनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि दिने सम्भावना रहेको स्रोतले जानकारी दियो । 

 

पछिल्लो समय विगतको सहमतिविपरीत केपी ओलीअगाडि बढ्न खोजे माधवकुमार नेपाललाई विश्वासमा लिएर १५ महिनापछि आफू नेतृत्वको सरकार बनाउने तयारीमा प्रचण्ड जुटिसकेका छन् । 

 

अर्कोतर्फ माधवकुमार नेपाल पनि पार्टी अध्यक्ष पाउने सम्भावना जुन रणनीतिबाट सफल हुन्छ, त्यो चाल चल्ने मनस्थितिमा रहेको बुझिन्छ । 
एकलाई प्रधानमन्त्री बन्ने इच्छा, अर्कोलाई पार्टी अध्यक्ष हुन चाहनाको घेरामा प्रधानमन्त्री ओली परेपछि उनले संसद भंगको चेतावनी दिएको विश्लेषण भइरहेको छ ।