प्रदेश ४

जनप्रतिनिधि नै ठेक्कापट्टामा सहभागी भए : मुख्यमन्त्री गुरुङ

जनप्रतिनिधि नै ठेक्कापट्टामा सहभागी भए : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कतिपय जनप्रतिनिधिहरु आफैं ठेक्का पट्टामा सहभागी भएको आरोप लगाउनुभएको छ । लमजुङको बेसीशहर नगरपालिकाको पाँचौ नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो आरोप लगाउनुभएको हो ।
 
मुलुकमा लोकतन्त्र, समावेशीताको अभ्यास भइरहँदा उपभोक्ता समितिको नाममा जनप्रतिनिधिहरु आफैं ठेकेदार बनिदिँदा मुलुकको शासन प्रणालीनै कमजोर बन्दै गएको मुख्यमन्त्रीको भनाई थियो । उहाँले जनप्रतिनिधिहरु आफैं वा परिवार, आफन्तहरुलाई ठेक्का दिँदै उपभोक्ता समितिसँग मिलेमतो गरी धेरै ठाउँमा भ्रष्टाचार गरेको उल्लेख गर्नुभयो । 

अर्को प्रसङगमा मुख्यमन्त्री गुरुङले जनप्रतिनिधि दक्ष हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो जनप्रतिनिधि दक्ष भए स्थानीय तह बलियो हुन्छ ।  तीन तहको उत्कष्ट लोकतान्त्रिक संघीय अभ्यासमा आफूहरू रहेको हुँदा त्यसको महत्वलाई पहिलो बुझ्ने दायित्व जनप्रतिनिधिको भएको उहाँको भनाई थियो । 

कार्यक्रममा गण्डकी प्रदेशका सदस्य मधु अधिकारी, प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई र नेपाली कांग्रेसका सभापति भेषबहादुर पौडेलले स्थानीय तहमा न्यायिक अधिकार आउनु गौरवको विषय भएको भन्दै यो चुनौतिलाई कार्यान्वय गर्न समन्वय गर्नुपर्ने बताउनु भयो । 
उहाँहरुले बेसीशहर नगरपालिकाले जेठ मसान्तसम्म ९७ प्रतिशत बजेट खर्च गरेको राम्रो कार्य भएको भन्दै उपलब्धीलई गुणस्तरीय बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
 
बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि ७२ करोड २८ लाख ३ हजार प्रस्ताव गर्नुभएको छ । 
 

पृथ्वीसुब्बा गुरुङ
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।