अन्तरवार्ता भिडियो कभर स्टोरी

पार्टीमा आँधी सृजना गरेर देउवालाई उडाउन खोजिदैछ (भिडियोसहित)

पार्टीमा आँधी सृजना गरेर देउवालाई उडाउन खोजिदैछ (भिडियोसहित)

सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी र नेकपा नेतृत्वको वर्तमान सरकार संकटमा परेको स्पष्ट देखिन्छ । सरकारलाई हरेक पाइलामा ठेस लाग्दा समेत बुद्धि फिरेको छैन । ठेस लागेर रक्ताम्य भएको औंलामा औषधीमूलो गर्नुपर्ने हो, तर घाउ बल्झाउने काम स्वयं नेकपा भित्रैबाट भैरहेको छ । 
सरकारले अपेक्षा गरे अनुसार ‘डेलिभर’ गर्न नसक्नुको प्रमुख कारण पार्टी भित्रको विवाद हो । अझ पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकीकरण हुँदा भएको ५ बुँदे सहमतिसंगै आफनो इच्छासमेत सार्वजनिकरुपमै प्रकट गरेपछि प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली र उनको समूह सशंकित भएको छ । 

 

अझ वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल लगायतले लगातार ओलीको कार्यशैलीमाथि प्रहार गर्न थालेका छन् । यसबाट प्रचण्डलाई प्रत्यक्ष फाइदा भइरहेको छ । उता, सरकार र पार्टीमा समेत निकै शक्तिशाली देखिएका ओलीले आफनो ‘टिम’ बाहेकका माथि अनुदार नीति लिएपछि कुनैपनि बेला सरकार र नेकपा तासको घरझैं ढल्ने स्थितिमा पुगेको छ । 


प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री मीन विश्वकर्माका अनुसार अचेल प्रचण्ड कांग्रेस र सभापति देउवासंग नरम छन् । उनले विभिन्न अनौपचारिक भेटमा ओलीभन्दा देउवासंग काम गर्न निकै सजिलो  भन्ने गरेको समेत उनले जानकारी दिए । यसबाट प्रचण्ड ओलीसंग कति विक्षिप्त रहेछन् भन्ने थाहा हुन्छ ।

"> 

अहिले देश आन्दोलनमा छ । गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, मानवअधिकार विधेयक, सुरक्षा, शिक्षा, नागरिकता ...लगायतका प्रायः सबै विधेयकविरुद्ध आन्दोलन छ । यसको समाधान गर्न ओलीले कुशलता प्रकट गर्न नसकेको नेता विश्वकर्माको निष्कर्ष छ । उनी भन्छन्, ‘अहिले आन्दोेलनमा रहेकाहरु नै भन्ने गर्छन्, ओलीको ठाउँमा देउवा भएको भए दुई मिनेटमा कुरा मिल्थ्यो ।’


यसबाटै थाहा हुन्छ प्रजातान्त्रिक विचार र कम्युनिष्टहरुको विचारधाराको भिन्नता । भनिन्छ नि, ‘कम्युनिष्टहरु जे भन्छन् त्यो गर्दैनन्, जे गर्दैनन् त्यो भन्छन् । ’ हो, यो सत्य हो । नेपालमा कम्युनिष्टको खोल ओढेर देश लुट्न पल्केकाहरुले झूठको मात्र खेती गरिरहेका छन् । उनीहरु जनता गरीब बनाएर आफू धनी बन्ने लालशामा छन् । देशमा भएका ठूलाठूला भ्रष्टाचारका काण्डमा कम्युनिष्ट पार्टीकै नेताहरु मुछिनु यसैको प्रमाण हो । 
देउवाले गुठी विधेयक ल्याएको होइन

अहिले नेकपा सरकार र यसका नेताहरु गज्जबको प्रोपोगण्डामा लागेका छन् । आफू भ्रष्टाचार मच्चाउने, नाम देउवाको लिने । देउवाको नाम मुछेपछि आफू चोखो भइन्छ भन्ने उनीहरुको भ्रम छ । 


हरेक ठाउँमा भ्रमको खेती गरिरहेका छन् । बालुवाटार जग्गा प्रकरणमा उनीहरुको महासचिवले जग्गा किन्ने, दोषी देउवा हुने, यस्तो पनि हुन्छ ? वाइडबडी, सुनकाण्ड सबैमा यस्तै छ । एकएक गरी छानबिन गर्न यो सरकारलाई कसले रोकेको छ ? छानबिन गर्दा आफै परिन्छ, अनि किन छानबिन गरोस ? 

 

पछिल्लो समय गुठी विधेयकमा फेरि यिनीहरुले देउवाको नाम लिए । हो, देउवाले विधेयक ल्याएका हुन् तर गुठी सम्बन्धी होइन, भूमि सम्बन्धी हो । गुठी र भूमि फरक–फरक विषय हुन् । 


पश्चिमाहरुको प्रभावमा होली वाइन खाने, देशको धर्म, कला संस्कृति, मूल्य मान्यता सबै सिध्याउने अनि दोष चाहिं देउवालाई दिने ? 
वास्तवमा ओली मुलुकमा अराजकता मच्चाएर अधिनायकवादलाई परिस्कृत गर्न चाहन्छन् । उनीमा निरंकुशताको भूत सवार भैसकेको छ । अहिले जे जस्ता विवाद सृजना गरिएका छन्, यी अनजानमा होइनन्, सबै नियोजित हुन् । 

                                                                  देउवालाई ब्यापक असहयोग

नेपाली कांग्रेसले अहिले सरकारविरुद्ध दुई प्रकारले अभियान चलाइरहेको छ । एउटा सदनबाट अर्को जागरण अभियानबाट । 
हाम्रा दुवै अभियान सफल भैरहेको भएपनि खासै प्रभावकारी हुन नसक्नुको कारण सभापति देउवालाई भैरहेको असहयोग हो । देउवालाई पार्टी भित्रैबाट व्यापक असहयोग छ । यही असहयोगका कारण तरुण दल विस्तार हुन सकेको छैन, नेविसंघको तदर्थ समिति बन्न सकेको छैन । जिभागहरु गठन हुन सकेका छैनन् । 

पार्टी महाधिवेशन हुन अझै २ वर्ष बाँकी छ, तर अहिले नै महाधिवेशनको हल्ला फिंजाएर सभापति विरुद्ध ढोल पिट्नुको कारण के हो ? यसले देउवालाई होइन, पार्टीलाई कमजोर बनाउँछ । 


सभापति देउवाको कार्यकालसम्म पार्टीका सबैले ‘देउवाको हनुमान’ भएर हिंड्नुपर्छ । यो भनेको सभापतिको निर्णय र  विचारलाई साथ दिनुपर्छ भन्ने हो ।

 ">

                                                                    नुवाकोटमा तमासा

नेता विश्वकर्माले नुवाकोटमा पार्टी सभापति देउवा उपस्थित कार्यक्रम  दुई प्रभावशाली नेताले बहिष्कार गरेको विषयमा कटाक्ष गर्दै भने, ‘यो अनुशासनहीनता हो । पार्टीको  कार्यक्रम, अझ सभापति नै उपस्थित हुनुहुन्छ, कार्यक्रम छ भन्ने सुनेका भरमा पनि उहाँहरु उपस्थित हुनुपर्छ, तर, भएनन्, उपेक्षा गरे । यो  गलत काम हो । यही हो असहयोग भनेको । ’


‘पार्टी भित्र अनुशासनविपरित गतिविधि गर्नेहरु कारवाहीमा पर्ने विश्वकर्माले बताए । अनुशासन समिति नियमावलीको पर्खाइमा छ, नियमावली आउने वित्तिकै अनुशासनहीन नेता, कार्यकर्ता जो सुकै होस, कारवाहीमा पर्छ । ’ 

 

                                                                   देउवा र पौडेल मिल्न सक्ने


पूर्व मन्त्रीसमेत रहेका नेता विश्वकर्माका अनुसार अहिले उमेर लगायतका विषय उठाएर देउवाविरुद्ध अभियान छेडिदैछ । कतिपय नेताहरुको दिनचर्या त विहानै काली देवीको टीका लगाएर देउवाको विरोध गर्ने भएको छ । 


तर, एउटा कुरा के हो भने जुन आँधी सृजना गरेर देउवालाई उडाउन खोजिदैछ, त्यसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि उडाउने छ । यो कुरा पौडेल दाइले पनि बुझ्नु भएको छ । यसकारण आउँदो महाधिवेशनमा देउवा र पौडेल मिल्न सक्ने सम्भावना प्रशस्त छ । 


देउवामा संगठन गर्ने क्षमतामा प्रश्न गर्न सकिन्छ तर उहाँको मुलुकप्रतिको समर्पण, विकासप्रतिको दृष्टिकोण, रणनीति, राष्ट्रप्रेममा कसैले शंका गर्नु हुँदैन । 

म भन्छु, ‘बीपीका पुस्तक पढ्नुस र देउवाका निर्णय हेर्नुस ।

">

  देउवालाई ब्यापक असहयोग