समाचार प्रदेश ५

रुकुम पश्चिमका विमानस्थल बन्द

रुकुम पश्चिमका विमानस्थल बन्द


काठमाडौँ । नेपाल वायुसेवा निगमले मात्र उडानसेवा भर्दै आएको रुकुम पश्चिमका दुई विमानस्थल बन्द भएका छन् । पाईलटहरुको बिदा तथा तालिमको कारण देखाउँदै विमानस्थलहरु बन्द भएका हुन । रुकुम पश्चिमका मुसिकोट सल्ले र चौरजहारी विमानलस्थल तीन सातादेखि बन्द छन् । सेवा बन्द भएपछि रुकुमका यात्रुहरु मारमा परेका छन । 

 

केन्द्रीय कार्यालयले पाइलटहरुको तालिम रहेकाले जहाज सञ्चालन नहुने भन्दै परिपत्र गरेपछि विमानस्थल बन्द गर्नुपरेको चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्र बहादुर नेपालीले जानकारी दिनुभयो । चौरजहारीमा हालै मात्र विमान सञ्चालन सुरु भएको थियो । विमानस्थल बन्द हुँदा रुकुम पूर्व, सल्यान, जाजरकोट लगायतका स्थानीयलाई पनि असर परेको स्थानीयले गुनासो गरेका छन् ।