ताजा खबर प्रदेश २

शौच गर्न गएकी किशोरीमाथि सामुहिक बलात्कार, आरोपी पक्राउ

शौच गर्न गएकी किशोरीमाथि सामुहिक बलात्कार, आरोपी पक्राउ


सप्तरी । शौच गर्न लागेकी किशोरीलाई नियन्त्रणमा लिई एकान्तमा लगेर बलात्कार गरेको अभियोगमा सप्तरीमा दुई जना पक्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मोहम्मद इद्रिस र १५ वर्षीय एक किशोरलाई किशोरी बलात्कार अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिनुभयो ।

 

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आइतबार राति शौच गर्न निस्किएकी किशोरीमाथि बलात्कार भएको थियो । पीडित किशोरीकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएपछि प्रहरीले आरोपीलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।