मनोरञ्जन अपराध सुरक्षा

युट्युबर प्रनेश थुनामुक्त, हाजिरी जमानीमा छाड्ने

युट्युबर प्रनेश थुनामुक्त, हाजिरी जमानीमा छाड्ने

काठमाडौँ साइबर अपराधको अभियोगमा थुनामा रहेका प्रनेश गौतमलाई छुटाउन प्रहरी पक्रिया अगाडि बढाएको छ । उच्च प्रहरी स्रोतका अनुसार बिहीबार राति ८ बजेतिर शुक्रबार बिहान उपस्थित हुने गरि थुनामुक्त गरिएको थियो ।

अहिलेलाई गौतमलाई लिएर उनका बुवा प्रहरी परिसर काठमाडौं पुगिसकेका छन् । स्रोतका अनुसार हाजिरी जमानीमा छाड्ने गरि कागजी प्रक्रियाको तयारी थालिएको छ । स्रोतले भन्यो, '१० बज्ने बित्तिकै सरकारी वकिलको कार्यालयबाट अदालतमा फाइल पुर्‌याएर प्रक्रिया टुंग्गाइनेछ ।'

गौतमपक्राउ प्रकरणलाई अभिब्यक्ति स्वतन्त्रता बिरुद्धको कदमका रुपमा अर्थ्याउँदै चौतर्फी विरोध भएपछि प्रहरीको आलोचना भएको थियो । स्रोतका अनुसार हिजोमात्रै प्रहरी प्रधान कार्यालयमा उच्च प्रहरी अधिकारहरुबीच गौतम पक्राउका बारेमा छलफल भएको थियो । त्यही छलफलकै आधारमाबिहीबारराति नै गौतमलाई छाडिएको स्रोतको दाबी छ ।

युट्युबमा चलचित्रको व्यंग्यात्मक समीक्षा गरेका मेमे नेपालका सञ्चालक गौतमलाई प्रहरीले साइबर अपराधको अभियोगमा पक्राउ गरेको थियो । यो खबर  कान्तिपुरबाट लिइएको हो ।

प्रनेश गौतम साइबर अपराध थुनामुक्त