राजनीति प्रदेश ३

गुठी विधेयक पारित हुन नदिने देउवाको प्रतिबद्धता

गुठी विधेयक पारित हुन नदिने देउवाको प्रतिबद्धता


हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गरेको गुठी सम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने बताउनुभएको छ । 

 


हेटौंडामा नेपाल साँस्कृतिक संघको प्रशिक्षण भेलालाई आज हेटौँडामा सम्बोधन गर्दै देउवाले दुई तिहाइको दम्भमा सरकार अघि बढिरहेको भन्दै धेरै कुरामा बन्देज लगाउन खोजे कांग्रेस चुप नबस्ने चेतावनी दिनुभयो । गुठी नेपालको साँस्कृतिक सभ्यता भएको बताउँदै देउवाले कांग्रेस जनताको पक्षमा लाग्ने बताउनुभयो । 

 


मुलुकमा देखिएका असमानता, दण्डहीनता, भ्रष्टाचारले नेपाललाई पछि धकेल्दै लगेको तथा कानुनी राज्यको महशुस गराउन सरकार सफल नभएको दउवाले तर्क गर्नुभयो । 
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।