अपराध सुरक्षा मुख्य समाचार प्रदेश ४

पोखराको एक घरमा प्रहरीको छापा, ठूलो परिणामको लागु औषधसहित दुई जना पक्राउ 

पोखराको एक घरमा प्रहरीको छापा, ठूलो परिणामको लागु औषधसहित दुई जना पक्राउ 


कास्की । कास्कीको पोखरा-१० शिवमार्ग को एक घरमा प्रहरीले छापामारी ठूलो परिणामको लागु औषध बरामद गरेको छ । प्रहरीले लागुऔषध सहित एक जना कारोवारीलाई पनि प्रकाउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा–१० का १६ वर्षीय डेभिड तामाङ छन् ।

 

पोखराको शिव मार्गस्थित एक घरमा डेरा गरी बस्ने तामाङले लागु औषध कारोबार गर्ने गरेको जानकारीपछि प्रहरीले छापा मारेको थियो । प्रहरीले कारोबारमा संलग्न रहेको आशंकामा डावा नोर्बु सेर्पालाई पनि पक्राउ गरेको छ ।

 

तामाङको काेठाबाट डाईजापाम नर्फिम, फेनार्गन १४६४ थान , नाईट्रोजन १०० थान र फेन्सिडील १३८ थान सहित १६ हजार ७७५ नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।