स्वास्थ्य समाज

विश्व रक्तदाता दिवसको अवसरमा प्रभातफेरि

विश्व रक्तदाता दिवसको अवसरमा प्रभातफेरि

 


काठमाडौँ । विश्व रक्तदाता दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा शुक्रबार काठमाडौंमा प्रभातफेरी निकालियो । रगतको अभाव हुन नदिन आह्वान गर्दै काठमाडौंको वीर अस्पतालबाट सुरु भएको प्रभातफेरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेर समापन भएको थियो ।

 

प्रभातफेरीमा ब्लड डोनर एशोसिएशन अफ नेपाल, रेडक्रशलगायतका संघ, संस्थाहरु सहभागी भएका थिए । कार्यक्रममा प्रयोगशालाकी निर्देशक रुना झाले रगतको अभाव हुन नदिने उद्देश्यका साथ प्रभातफेरी आयोजना गरिएको जानकारी दिनुभयो ।  चिकित्सकहरुका अनुसार १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेका स्वस्थ नागरिकले रगत दान गर्न सक्नेछन ।

 

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर संसारभर ‘विश्व रक्तदाता दिवस’ मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।