मनोरञ्जन

प्रेम दिवस र झट्का एकसाथ

प्रेम दिवस र झट्का एकसाथ


काठमाडौँ । आज शुक्रबार देखि फिल्म ‘प्रेम दिवस’ र झट्का देशभर एकैसाथ प्रदर्शनमा आएका छन् । प्रेम दिवसमा वास्तविक प्रेममा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको भूमिका छ ।

 

योगेश घिमिरेको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका, आयुष्मानका साथै नव अभिनेता विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा प्रियंकालाई आयुष्मान र विशालको दोहोरो प्रेममा देखाइएको छ। एक युवतीले गरिब र धनी युवकसँग प्रेम गर्दा आइपर्ने बिषयमाथि फिल्म बनेको फिल्म निर्माण युनिटले जनाएको छ । 

 

त्यस्तै सुरविर पण्डितको मुख्य भूमिका रहेको फिल्म ‘झट्का’ पनि प्रदर्शनमा आएको छ । रमेश बिसुङ्खेको निर्देशनमा तयार भएको यस फिल्ममा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मले काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको छ ।