समाचार प्रदेश ७

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु, अध्यक्ष घाइते

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु, अध्यक्ष घाइते

बझाङ । बझाङमा जनप्रतिनिधि चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–७ मा से १ ब ११७७ नम्बरको मोटरसाइकल पल्टिँदा वडाका सदस्य नरेश महरको मृत्यु भएको हो ।

 

मोटरसाइकलमा पछाडि सवार वडाध्यक्ष हरिचन्द्र जोशी गम्भीर घाइते भएका छन् । घाइते अध्यक्षलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ । महरको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बझाङ मोटरसाइकल दुर्घटना
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।