प्रदेश ३

प्रदेश नं ३ को बजेट असार १ गते 


हेटौँडा । प्रदेश नं ३ सरकारले आर्थिक वर्ष २०७६÷०७७० बजेट असार १ गते प्रस्तुत गर्ने भएको छ ।  प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने बजेटमा प्रदेश सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम लगायतलाई प्राथमिकता राखेको छ ।

 

त्यस्तै पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलगायत पूर्वाधार निर्माणलाई बजेटमा विशेष प्राथमिकता दिइएको जनाइएको छ ।

प्रदेशसभाको चौथो अधिवेशन जेठ ३१ गते अपराह्न २ बजे बस्ने प्रदेश नं ३ प्रदेशसभा सचिवालयले जनाएको छ । 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।