मुख्य समाचार प्रदेश ७

कैलाली–कञ्चनपुरमा फेरि हावाहुरी, सचेत रहन मौसमविद्को आग्रह

कैलाली–कञ्चनपुरमा फेरि हावाहुरी, सचेत रहन मौसमविद्को आग्रह

कैलालीः  सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा बुधबार बिहानैदेखि हावाहुरीसहित पानी परेको छ । पश्चिमी वायुबाट विकसित प्रणालीका कारण आज सुदूरपश्चिम क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानी परेको हो । पश्चिमी वायुबाट विकसित प्रणालीका कारण आज सुदूरपश्चिम क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानी पारेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । 

 

यसअघि बिहीबार कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीले कैलालीमा २ जनाको मृत्यु भएको थियो । साथै दुवै जिल्लामा गरी सयभन्दा बढी घाइते भएका थिए। सुदूरपश्चिममा तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन मौसमविद्ले आग्रह गरेका छन । 

कैलाली कञ्चनपुर हावाहुरी
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।