समाचार प्रदेश ७

डडेल्धुरामा चट्याङ लागेर बालिकाको मृत्यु, तीन जना घाइते

डडेल्धुरामा चट्याङ लागेर बालिकाको मृत्यु, तीन जना घाइते

डडेल्धुराः चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेकी छन्। इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पलाल ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु हो । बिहान ७ बजेतिर विद्यालय जानको लागि तयारी गरिरहेको बेला संगीतालाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। संगीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन्।

 

प्रहरी निरीक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीनजना घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन्। मीना मृतक संगीताकी दिदी हुन्। घाइते मध्ये भरतको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। 

चट्याङ डडेल्धुरा
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।