कभर स्टोरी समाचार प्रदेश ४

पोखरामा अर्को ठूलो खानेपानी आयोजना शिलान्यास  

 २०२२ को अन्त्यसम्ममा निर्माण गरिसक्ने

पोखरामा अर्को ठूलो खानेपानी आयोजना शिलान्यास   


कास्की ।  पोखरा महानगरको १ देखि १९ वडाका चार लाख पाँच हजार ८ सय ८९ जनसंख्या लाभान्वित हुने गरी ठूलो खानेपानी आयोजना शिलान्यास भएको छ । खानेपानी आयोजनाको मंगलबार खानेपानी मन्त्री बिना मगरले पोखरा शिलान्यास गर्नुभयो ।

 

नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार आयोजना निर्माण हुन लागेको हो । आयोजनाअन्तर्गत पोखराबाट १२ किमीको दूरीमा रहेको मर्दी मुहानबाट ल्याइएको पानी प्रशोधन गरी शुद्धीकरण गरेर पिउन योग्य बनाइनेछ ।

 

शिलान्याश कार्यक्रममा मन्त्री मगरले खानेपानी जनताको मौलिक अधिकारको रुपमा संविधानमा व्यवस्था भएबमोजिम देशका सबै जनतालाई प्रशोधित शुद्ध पिउने पानीको प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। शुद्ध खानेपानीको व्यवस्था गर्न सके दूषित पानीको कारणबाट लाग्ने विभिन्न रोग हट्ने मन्त्री मगरको भनाइ छ ।

मन्त्री मगरले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच खानेपानी तथा सरसफाइको क्षेत्रमा समन्वय गरी कुन स्तरको आयोजना कसले सञ्चालन गर्ने भन्ने बारेमा समेत आयोजनाको वर्गीकरण गरिने बताउनुभयो । 

जापान सरकारको चार अर्ब ८१ करोड ३० लाख रुपैया अनुदान सहयोगमा सन् २०१७ को फेब्रुअरी १५ मा सो आयोजनाको सम्झौता भएको थियो । सन् २०२२ को अन्त्यसम्ममा निर्माण गरिसक्ने गरी खानेपानी सुधार आयोजना अघि बढाइको हो ।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।