अर्थ रोजगार प्रदेश १

एउटै बोकाको मूल्य साढे ४ लाख !

एउटै बोकाको मूल्य साढे ४ लाख !

झापा । धेरै नेपालीले बाख्रा पाल्छन् । बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ । तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैँसी वा घोडाको भन्दा वढी छ भन्दा पत्याउन गोह्रो पर्छ । झापा हल्दिबारी गाउँपालिका–१ गोलधापका गणेश पराजुलीले एउटा बाख्राको पाठा ४ लाख रुपैयाँसम्ममा बिक्री गर्छन् । बोयर जातको बाख्रा पाल्दै आएका पराजुलीले ३ लाख देखि ४ लाख ६५ हजार रुपैयाँसम्ममा बाख्राको पाठा बिक्री गर्दै आएका छन् ।


‘प्रगति बोयर बाख्रा फर्म’ सञ्चालक पराजुलीले अहिले बोयर जातका १६४ वटा बाख्रा पालेका छन्। सानाठूला सबै हिसाब गर्दा फर्ममा दुई करोड बढीका बाख्रा रहेको पराजुलीले बताए । पाँच वर्षअघिदेखि सञ्चालन गरिएको फर्ममा १ करोड ५५ लाख रुपैयाँ लगानी भएको पराजुलीकी श्रीमती कल्पनाले बताइन् । यो समाचार कारोबार दैनिकबाट लिइएको हो ।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।