अर्थ कर्पोरेट

Wagonr को नयाँ कार बजारमा, थाहा पाउनुहोस् विशेषताहरु

Wagonr को नयाँ कार बजारमा, थाहा पाउनुहोस् विशेषताहरु

नेपाली समाजमा सवारी आवश्यकतासंगै प्रतिष्ठाको साधन मानिन्छ । अझ निजी सवारी साधनको बेग्लै महत्व छ । सवारी साधन मध्ये पनि कार नेपाली समाजमा अत्यन्त रुचाइने सवारी हो । अझ मध्यम तथा निम्न मध्यम स्तरीय परिवारका लागि घर, सन्तानलाई उचित शिक्षा दीक्षा तथा  एउटा सवारी साधन जीवनकै लक्ष्य बन्ने गर्छ । अझ भनौं समाजमा आफूलाई स्थापित गर्ने माध्यमका रुपमा निजी सवारीलाई लिइन्छ । समग्रमा सवारी मानिसको सफलतासंग जोडिएको अपरिहार्य बस्तु बन्दै गएको छ ।

 

त्यसो त कुनै पनि सवारी साधन नेपालमा बन्दैन । विदेशबाट आयात गरिएका सवारी साधन अत्यधिक भन्सार शुल्कका कारण महँगो पर्छ । यसकारण पनि धेरै नेपालीको भाग्यमा निजी सवारी चढ्ने संयोग जुर्दैन् । शिक्षा, स्वास्थ्य महँगो छ । बचत भएको थोरै रकमले कार किन्ने नचिताए हुन्छ । बजारमा नयाँ नयाँ मोडलका कार त छन, तर तिनलाई किन्ने औकात आम उपभोक्तामा छैन् ।

 

नेपाली समाजको यही मनोविज्ञान बुझेर हुनुपर्छ मारुती सुजुकीले बजारमा Wagonr 2019 को नयाँ मोडल बजारमा ल्याएको छ । मारुती कम्पनीका कार नेपालमा कति लोकप्रिय छन् भन्ने त ट्याक्सीमा त यसको एकाधिकार नै छ । अरु मोडलका गाडी उत्तिकै लोकप्रिय छन् । मारुती भनेको हनुमानको अर्को नाम हो । जसरी शक्तिको पर्यायबाची हनुमान मानिन्छ, त्यसैगरी नेपाल अझ भनौं काठमाडौंका सडकमा मारुती कम्पनीका गाडीको प्रभुत्व महसूस गर्न सकिन्छ ।

 

मध्यम वर्गीय हरेक उपभोक्ताले यो कार किन्ने हैसियत राख्न सक्छन् । सानो तथा सुखी परिवारका सदस्यलाई त यो वरदान नै हो भने पनि हुन्छ । थोरै बजेटको यो लक्जरी कार हो । हेराई, गुडाई र टिकाईमा  सवैमा आकर्षक छ ।

 

साँच्चै भन्ने हो भने मध्यम वर्गीय परिवारको बजेटमा यस्तो सुविधायुक्त कार दुर्लभ छ । उपलब्ध भएका विश्वसनीय छैनन् । विश्वसनीय भएकासंग आकर्षक मोडल छैन् । यस स्थितिमा Wagonr को vxi मोडलको कार लोकप्रिय हुनेमा शंका छैन् ।

 

मूल्य कति ?

कार त किन्ने तर यसको मूल्य कति ? उपभोक्ताको चासो आखिर मूल्यमा गएर ठोकिने नै भयो । WagonR को vxi १.० लिटर र १.२ लिटरमा यहाँको बजारमा उपलब्ध छ । यो कारको बजार मूल्य २४ लाख ९९ हजारदेखि २७ लाख ९९ सम्ममा उपलव्ध छ ।

WagonR को vxi १.० लिटरको विशेषता

१ आकर्षक बनोट

WagonR को vxi १.० लिटर कारको पहिलो विशेषता भनेकै यस्को आकर्षक बनोट हो ।   भर्खरै बजारमा आएको WagonR vxi १.२ लिटर निकै मनमोहक छ । यस गाडीमा स्ट्यान्डर्ड हेलोजन बल्वको साथमा डुवल हेड ल्याम्सको एसेम्बिलिङ पाउन सकिन्छ । सुन्दर रुपमा डिजाइन गरिएको  हेड ल्याम्स र सुजुकी लोगोको साथमा रहेको फ्रन्ट ग्रीलले गाडीको अगाडि भागलाई निकै आकर्षक बनाएको छ । टल बडीमा डिजाइन गरिएको यस कारको हेड ल्यास मात्र नभएर टेल ल्याम्पले  गाडीमा सौन्दर्य थप्न मद्दत गरेको छ । WagonR को यो मोडलको गाडी विभिन्न ६ रंगमा उपलव्ध छ ।

 

 

२ स्पेस

ग्राहक वर्गले कार किन्नुअघि विशेष ध्यान दिने भनेको गाडीको स्पेश नै हो । प्राय यो बजेटका गाडीमा स्पेश निकै कम हुने गर्दछ । जसका कारण गाडी पारिवारिक बन्न सक्दैनन् ।  तर WagonR को यो मोडलमा त्यो समस्या छैन  । यो  ५ सिटर गाडी हो । यसको वुट स्पेश पनि निकै ठूलो छ । जम्मा ३४१ लि. को वुट स्पेश यस गाडिमा पाउन सकिन्छ । साथै गाडडीको रेअर पेसेन्जर सीटलाई ६०/४० मा स्पीट गरेर यसको स्पेस बढाउन सकिन्छ । यस सुविधाका कारण गाडी पारिवारिक बन्न अझ मद्दत गरेको छ ।

 

३ इटेरीयर 

WagonR को इटेरीयर डिजाइन औधी आकर्षक र आरामदायी छ । गाडीको ड्राइभिङ्ग डोरमा पावर  उइडो कन्ट्रोल, डोर लकका साथै मिरर एजस्टेवल कन्ट्रोलरको सुविधा छ । गाडीको ड्राइभिङ्ग सिटको साथसाथै यस्को स्टेयरिङ सुविधाजनक छ । गाडीको स्टेयरिङमाम नै कल कल रिसिभर , ब्लुतुथ र म्यूजिक कन्ट्रोलरको सुविधा पाउन सकिन्छ । यसका अलावा गाडीमा एयर कन्डिसन, म्यूजिक सिस्टम, ब्लु तुथ कनेक्टर पनि छ । गाडीमा प्रयोग भएको म्यूजिक सिस्टम अहिले सम्मकै नयाँ डग वग सिस्टम हो । यसका अलावा गाडीमा अक्क सिस्टम पनि छ जसका माध्यमबाट पेन ड्राइभ , युएसबी केवल प्रयोग गर्न सकिन्छ ।

 

४.इन्जिन

‘गाडी बलियो इन्जिनले’ भन्ने त यसको नारा नै छ । वास्तवमा कुनै पनि गाडीको गुणस्तर तेस्को इन्जिनले मापन गर्दछ ।  यस गाडीमा k12mn सिरीजको १२०० सीसी ४ सिलीन्डर इन्जिन प्रयोग भएको छ । जस्ले गर्दा यस गाडीले पावर पिक अप निकै राम्रो दिन्छ । यस प्रकारको इन्जिन विगतमा विलासी तथा महँगा कारमा मात्र प्रयोग हँुदै आएको थियो ।

 

WagonR को vxi १.० लिटर गाडीमा यी वाहेक पनि अन्य थुप्रै विशेषता छन । डिजाइन, मूल्य र बनोटमा लोकप्रियता पाइरहेको यस गाडीले माइलेज भने २१.५ किलोमिटर  प्रति लिटर दिन्छ । गाडी पारखीका लागि यो खुसीको खबर हो ।

यसरी राम्रो र भरपर्दो गाडी चढने सपनाबाट निकै पर रहेको नेपाली मध्यम वर्गीय परिवारको सपना मारुती सुजुकी WagonR मार्फत पूरा गर्न मद्दत  गरेको छ  । वजारमा चर्चामा रहेको यस गाडी किन्न नजिकैको मारुती सुजुकी सोरुममा सम्पर्क गर्न सकिन्छ ।

">

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।