समाचार मुख्य समाचार प्रदेश २

घुस लिँदालिँदै वडासदस्य अख्तियारको फन्दामा 

घुस लिँदालिँदै वडासदस्य अख्तियारको फन्दामा 


महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–४ का एक वडा सदस्य ३६ हजार घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घूससहित  एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घूस लिँदै गर्दा पक्राउ गरेको हो ।

सो गाउँपालिका–४ मा रु १० लाखको लागतमा निर्माण भइरहेको ‘जानकी धर्मशाला चकवा’ निर्माणमा वडा सदस्य यादवले ठेकेदारलाई घूस माग्दै निर्माणमा अवरोध गरिरहेको बेला ठेकेदारले ३६ हजार घूस दिने भएपछि वडा सदस्य यादवले निर्माण गराउन मानेको जनाइएको छ । 


वडा सदस्य यादवले घूस रकम आफ्नो गाउँपालिकाको क्षेत्रभित्र नभएर जलेश्वर नगरपालिका–१ स्थित शलहेश चोकमा रहेको सनी किराना पसलमा लिने भनेपछि अख्तियारको टोलीे सोही स्थानबाट यादवलाई पक्राउ गरेको हो ।
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।