कला साहित्य

‘क्लेशाः’ मञ्चनको तयारी तीव्र

नाटक जेठ १७ देखि असार ८ गतेसम्म मञ्चन हुँदै

‘क्लेशाः’ मञ्चनको तयारी तीव्र

काठमाडौं : नाटक ‘क्लेशाः’ मञ्चनको तयारीमा तीव्रता दिइएको छ । नाटक जेठ १७ गतेबाट अनामनगरस्थित मण्डला थिएटर मञ्चन हुँदै छ।

करमन थिएटरको प्रस्तुति रहेको यस नाटकलाई विजया कार्कीले निर्देशन गरेका छन्। करमनले आफ्नो पहिलो नाटक प्रदर्शनीको तयारी गर्दैछ।

'क्लेश' नामक नाटकको मुख्य स्रोत रामायण हो। 'क्लेश' ले ऋषि वाल्मिकीको आलौकिक कहानीलाई विशुद्ध समसामयिक रुपमा नाटकीय प्रस्तुति गर्ने चेष्टा गरेको छ। कुनै धार्मिक धागोले नाबेरिकन, एउटा पुनर्परिभाषित साहित्यको रुपमा रामायणलाई व्याख्या  गर्दै नयाँ कोणबाट रामायणलाई हेर्न खोजिएको छ।

हिन्दु शास्त्र अनुसारका 'क्लेश' का पाँच तत्त्व (अज्ञानता, अहंकार, मोह, विच्छेद र डर) यो नाटकको दार्शनिक पृष्ठभूमिमा रहने छन्। नेपालको एउटा दुर्गम गाँउमा पंचायती व्यवस्थाको सामाजिक र संस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रहरूलाई पुनार्परिभाषित गरिएको छ। 

'क्लेश' स्कूल, कलेज र विश्वविध्यालयका विद्यार्थी, शिक्षक, रंगकर्मी, कलाकार, संस्कृतिकर्मी, लेखक, पत्रकार, राजनीतिज्ञलगायत सम्पूर्ण रंगमंचका दर्शकहरूको लागि बनाइएको निर्देशक कार्की बताउँन्।

नाटकामा अमृत काउचा, जीवननाथ पौडेल, सविन भट्टराई, कुशल पाण्डे, सृजना अधिकारी, तुफान थापा, सुरक्षा पन्त, स्वपनिल घिमिरे, रूजु शर्मा, प्रतीक मरहठ्ठा, राज खड्का, सवीना थापा, सुदीप खतिवडा लगायतको अभिनय हरेको छ भने रिजन परियारले मञ्च व्यवस्थापन हेर्दै छन्।

क्लेशाः
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।