अन्तरवार्ता भिडियो कभर स्टोरी कला साहित्य

गणतन्त्र गुम्ने चिन्ता  (भिडियोसहित )

गणतन्त्र गुम्ने चिन्ता  (भिडियोसहित )

‘नेपालमा गणतन्त्र नेताहरुको कारणले आएको होइन । गणतन्त्र ल्याउन नेताहरुको कुनै योगदान छैन । यसकारण गुम्ने चिन्ता पनि उनीहरुले गर्नु पर्दैन । नेताहरुले काम गर्ने हो, गफ होइन । नेताहरुले चुपचाप काम गरे गणतन्त्र आफै सुरक्षित हुन्छ । नेपाली जनताले यसको सुरक्षा गर्छन् । ’

 


यो भनाइ चर्चित कवि श्रवण मुकारुङको हो । मुकारुङ लेखक संघका अध्यक्ष पनि हुन् । २०६२/०६३ सालको जनआन्दोलनमा ‘बिसे नगर्चीको वयान’ कवितामार्फत आन्दोलनको उभार ल्याउने र जनतालाई जुरुकजुरुक उचाल्ने कवि यिनै मुकारुङ हुन् । 

 

">
जतिबेला राजनीतिक दलहरुले आह्वान गरेको आन्दोलनमा मुश्किलले १०÷१२ जना मात्र हुन्थे, त्यो बेला हजारौं मान्छे जम्मा गर्ने काम साहित्यकार तथा कलाकारहरुले गरेका हुन् । मुकारुङ जस्तै अर्जुन पराजुली, बेञ्जु शर्मा, रुविन गन्धर्व लगायतका स्रष्टा सृजनामार्फत आन्दोलनमा सक्रिय भएकै कारण मुलुकमा परिवर्तन सम्भव भएको हो । २५० बर्ष पुरानो राजसंस्था पनि ढल्न पुग्यो । 

 


तर, गणतन्त्र प्राप्ति पछिका दिनहरु सुखद भएनन् । कवि मुकारुङ चिन्तित छन् । उनलाई गणतन्त्र गुम्ने चिन्ता छ । 

 


उनी भन्छन् ‘नेताहरुमा आचरण भएन । दृष्टिकोण पनि भएन । इमान्दार भएन । नेताहरु लोभी पापी भए, यही संस्कृति बसाए । कर्मचारीतन्त्र पनि भ्रष्ट भयो । यसले गणतन्त्रलाई कमजोर बनायो ।’

 


‘हामीले परिकल्पना गरेको लोकतन्त्र यस्तो होइन । अहिले त नेताहरु भौतिक सुखसयलमा रमाउन थाले । बयल गाढा चढेर अमेरिका पुगिदैन भन्नेहरुको हातमा मुलुकको शासन व्यवस्था पुग्यो । निजी सम्पत्ति जोड्न थाले । नैतिकता भन्ने पटक्कै भएन । जनताका समस्यातर्फ फिटिक्कै ध्यान छैन । नेताहरुको यस्तै व्यवहारले गणतन्त्रप्रति मानिसको वितृष्णा उत्पन्न हुँदैछ । कताकता मलाई गणतन्त्र गुम्छ कि भन्ने चिन्ता लाग्न थालेको छ । ’ मुकारुङले भने । 

 


गणतन्त्रलाई बदनाम गर्नेहरुमा सबैभन्दा बढी सत्तारुढ दल नेकपा र अहिलेको सरकार एक नम्बरमा पर्ने मुकारुङको ठम्याई छ । ठूलो दल र अझ सरकारमा भएपछि जिम्मेवारी पनि ठूलै लिनुपर्छ । 

 

">
मुकारुङ भन्छन्, ‘प्रधानमन्त्री ओली र पुष्पकमल दाहालको नेतृत्वमा गणतन्त्रको सुरक्षासंगै विकास र समृद्धि प्राप्त हुन्छ भन्नेमा मलाई विश्वास छैन । उनीहरु लोकतान्त्रिक मूल्य मान्यता विपरीत चलिरहेका छन् । यसले गणतन्त्र फस्टाउने होइन खुइलिन थालेको छ ।’

 


नेपाली कांग्रेसलगायत मधेश केन्द्रीत दलहरुले पनि गणतान्त्रिक व्यवस्थालाई आत्मसात् गर्न सकेका छैनन् । हिजोका दिनमा कांग्रेसले पनि ठूलाठूला गल्ती गरेको छ । तर, राम्रो पक्ष के हो भने कांग्रेसले गल्ती महसुस गरेको छ । सुध्रिने बाटोमा लागेको छ । यो गणतन्त्रको भविष्यका लागि पनि सुखद पक्ष हो । 

 


लोकतन्त्र या भनौ गणतान्त्रिक व्यवस्थामा जतिसुकै गुनासो आएपनि अन्ततः यसको विकल्प भनेको लोकतन्त्र नै हो । यसको विकल्पको रुपमा राजसंस्था वा अरु कुनै अधिनायकवादको कल्पना गर्नु हुँदैन । त्यो सम्भव पनि छैन । 

 


राजनीतिक दलहरुमा युवा नेताहरुलाई नेतृत्वमा लैजान जरुरी छ । युवा पङ्तिलाई अवसर दिने हो भने मुलुक बनाउन धेरै दुःख गर्नु पर्दैन । युवाहरुको जोशसंगै केही नीतिगत र केही रणनीतिक कुरा परिवर्तन गरी आचरणमा सुधार गर्ने हो भने देश बन्छ भन्ने कुरामा म ढुक्क छु । 

 


जस्तै नेपालका युवाहरुलाई विदेश जबरजस्ती पठाइँदैछ । यो नीति कति उचित हो ? गाउँ पूरै खाली भैक्यो । जोत्ने मान्छे छैन । मलामी जाने मान्छे पाइँदैन । युवाहरुलाई स्वदेशमै रोजगारी दिन हामी किन सकिराखेका छैनौ ? उत्पादनमुखी काम किन हुन सकेका छैनन् ? 

 


जबसम्म हामी यी प्रश्नको उत्तर खोज्दैनौ गणतन्त्रमाथि प्रश्न उठिनै रहनेछ । म फेरि पनि भन्छु, ‘ नेताहरुले गफ होइन काम गर्ने हो । गणतन्त्रको चिन्ता गर्नु पर्दैन, त्यसलाई सुरक्षा दिने काम नेपाली जनताले गर्छन् । ’

">

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।