समाचार

काठमाडौंमा सिसिक्यामेरा जडानः प्रहरीलाई झण्डै तीन करोड दिँदै  महानगर 

काठमाडौंमा सिसिक्यामेरा जडानः प्रहरीलाई झण्डै तीन करोड दिँदै  महानगर 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिसिक्यामेरा जडानका लागि प्रहरीलाई थप २ करोड ८१ लाख दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको आइतबार बसेको ३३औँ बैठकले महानगर क्षेत्रभित्र क्यामेरा जडानका लागि महानगरीय प्रहरी परिसरलाई थप रकम दिने निर्णय गरेको हो । यसअघि महानगरले प्रहरी परिसरलाई तीन करोड उपलब्ध गराइसकेको छ ।

 

महागनरको सहयोगमा प्रहरीले अहिले एक सय ८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने तयारी गरिरहेको छ । परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा आपराधिक र दुर्घटनाका जोखिमयुक्त स्थानमा सिसिक्यामेरा जडान गरिने जनाएको छ । 

 

बैठकले काठमाडौं महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षमा सरोज बस्नेतलाई नियुक्त गरेको छ । बस्नेत यसअघि आयोगको सदस्यसचिव थिए । गत २४ चैतमा भएको नगरसभाले स्वीकृत गरेको काठमाडौं महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरिएको हो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

काठमाडौँ महानगरपालिका सिसिक्यामेरा