मुख्य समाचार प्रदेश ७

दार्चुलामा वृद्धाको हत्या, श्रीमान् र नाति घाइते

दार्चुलामा वृद्धाको हत्या, श्रीमान् र नाति घाइते

दार्चुला । जिल्लाको महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ । उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् । पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको शनिबार राति हत्या भएको हो । उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएका छन्।

 

सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिएको महाकाली नगरपालिका–३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिए। खोला किनार नजिकै पसलमा कुटपिट गरी हत्या गरिएको छ। 

 

गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो। घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन। घटनामा नाति भागेर बाँच्न सफल भएका छन्। वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ। उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन्।

 

बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए। अहिले घटनास्थलमा प्रहरी निरीक्षक रवीन्द्र कठायत नेतृत्वको टोली खटिएको छ। घाइते वीरभान लोकेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ।  

दार्चुला
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।