समाचार प्रदेश ७

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिममा शनिबार राति भूकम्पको धक्का सहसुुस भएको छ । शनिबार राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस भएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको हो ।

 

यसअघि गएको चैत २६ गते पनि बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको थियो । यसका साथै चैत ४ गते पनि भारत र चीनको सीमा आसपास दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार तीनपटक परकम्प गएको थियो । गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।

भूकम्प सुदूरपश्चिम
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।