कभर स्टोरी कुरा: खस्रा मिठा

मोदीसंग तुलना हुनु राहुलको राजनैतिक भबिष्यको लागि राम्रो (भिडियोसहित)

मोदीसंग तुलना हुनु राहुलको राजनैतिक भबिष्यको लागि राम्रो (भिडियोसहित)

काठमाडौं । भारतमा लोकसभा निर्वाचनमार्फत सत्तारुढ दल भाजपाको अभूतपूर्व विजयसंगै नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने निश्चित भएको छ । भाजपाको जित र प्रधानमन्त्री मोदी झन शक्तिशाली भएसंगै नेपाल सम्बन्धमा पर्ने असरका बारेमा समेत विचार विमर्श हुन थालेको छ । 
 

 

वैदेशिक मामिला जानकार एवं विश्लेषक अरुणकुमार सुवेदीका अनुसार भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीको जितले नेपालको आपतको अध्याय सुरु भएको छ । मोदीले जिते नेपाललाई आपत पर्ने र नजिते महाआपत पर्ने विश्लेषण गरेका सुवेदीले लोकसभाको परिणामसंगै केही गम्भीर आपत पर्न सक्ने प्रक्षेपणसमेत गरेका छन् । 
 

 

उनी भन्छन्, ‘ अब नेपालका केही राजनीतिक दल र नेताहरुले उपलब्धी मान्दै आएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता उल्टिन सक्छ । यसका लागि भारतले मात्र नभइ चीनले पनि नेपालमाथि दवाव सृजना गर्नेछ । यो दवाव झेल्नु यहाँका दलहरुलाई ठूलो आपतको विषय हो । ’
 

 

‘नेपालको संविधानका यी तीन विषयमा भारत र चीनले पहिले देखि नै रिजर्भेसन राखेपनि यहाँका नेताहरु अमेरिका र युरोपियन युनियनको प्रभावमा परे । पश्चिमाहरुले भने अनुसार नै आन्दोलन र जनताको म्याण्डेट विपरीत केही नेताहरुले जबर्जस्ती गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लादे । यसबाट भारत, चीन खुशी छैनन् । अब पनि यी एजेण्डामा पुनर्विचार नगरे प्रदेश नम्बर २ टुक्रिन सक्छ । यो टुक्र्याउने काम अरु कसैले होइन, अमेरिकाले गर्नेछ । ’ सुवेदीको तर्क छ । 
 

 

भारतमा भाजपा र त्यसमा पनि अझ मोदीलाई हराउन अमेरिकाले सक्दो प्रयास गरेको हो । मोदीबारे दुष्प्रचार गरी वद्नाम गर्न खोज्यो, विभिन्न संयन्त्र परिचालन गरी चुनावमा हराउन पनि प्रयास गर्यो, तर सकेन । अब अमेरिकाले भारत र चीनविरुद्ध नेपाल र पाकिस्तानलाई प्रयोग गर्न थप बल गर्नेछ । 
 

 

नेपालमा अमेरिकी एजेण्टहरु प्रशस्त छन् । भारतका श्यामशरणजस्तै थुप्रै मानिसको अनुहार नेपाली भएपनि कतिपय तिनीहरुको मन पाकिस्तानी छ भने कतिपयको अमेरिकी । अझ नेपालमा त भारतको विरोध गर्नु र पाकिस्तानको समर्थन गर्नु भनेको राष्ट्रवाद हो । यस्तो सोचाइले आत्महत्याको बाटो सिवाय अन्त कहीँ लैजाँदैन । 
 

भारतमा चुनावको पूर्व सन्ध्यामा पुलुवा आक्रमण भयो । त्यसमा नेपाल सरकारले के प्रतिक्रिया दियो ? त्यो सरासर पाकिस्तानको पक्षमा थियो । त्यति ठूलो आक्रमण हुँदापनि आतंकवादीलाई कारवाहीको माग गर्न नसक्ने नेपाल सरकार मोदीका लागि कसरी प्रिय हुनसक्छ ? त्यसको प्रतिक्रियात्मक प्रभाव पनि नेपालमाथि पर्नेछ । 
 

अहिले विश्व राजनीतिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिनिपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच राम्रो तालमेल भैरहेकाले त्यो अमेरिकाका लागि चुनौतीका रुपमा देखिएको छ । 
आफना दुई छिमेकी मुलुकसंग घनिष्ट सम्वन्ध राखी उनीहरुका चासोका विषयसमेत सम्बोधन गरी अघि बढ्नु नै नेपालको हितमा छ । अन्यथा मुलुकको सार्वभौमिकता पनि जोगिन्छ, जोगिन्न त्यसै भन्न सकिन्न । 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।