मुख्य समाचार

पाँचथरमा दुई परिवारका नौको कत्लेआम, दुई बालिका पनि परे

पाँचथरमा दुई परिवारका नौको कत्लेआम, दुई बालिका पनि परे

काठमाडौं । पाँचथरमा २ परिवारको नौ जनालाई खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो । घटनामा २ बालिकाको ज्यान गएको छ।

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या रहेका छन् । 

सदरमुकामबाट करिब ३ घण्टाको दूरीमा पर्ने उक्त स्थानमा कसले र किन हत्या गर्यो भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए । प्रहरीका अनुसार हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी छ । 

खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्न खोज्दा १ जना घाइते भएका छन् । घटनाबारे जानकारी आएपनि घटनास्थलमा प्रहरी भने पुगेको छैन । के–कति कारणले हत्या भएको हो कारण खुल्न नकसेको प्रहरीले जनाएको छ । 

खुकुरी प्रहार पाँचथर विभत्स हत्या