समाचार प्रदेश ५

घरेलु मदिरामा प्याड र पिसाब प्रयोग !

घरेलु मदिरामा प्याड र पिसाब प्रयोग !

दाङ । दाङमा उत्पादन हुने घरेलु मदिरा (रक्सी) मा महिलाले महिनावारी हुँदा प्रयोग गरिएका प्याड र पिसाब प्रयोग हुने गरेको पाइएको छ । दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबको प्रयोग गर्ने गरेको भेटिएको हो । सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मदिरा नियन्त्रण अभियानमा यस्तो अवस्था भेटिएको प्रहरीले जनाएको छ ।


स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास संस्था, महिला र प्रहरीको संयुक्त सहभागितामा भएको अनुगमनमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा भेटिएको घरेलु रक्सीमा यस्ता चिज प्रयोग भएको पाइएको स्थानयी हेमराज शर्माले बताए । रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक क्रियाकपाल भइरहेको ठहर गर्दै थालिएको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडाका विभिन्न टोलबाट जफत गरिएको घरेलु रक्सीमा त्यस्ता वस्तु भेटिएको र घरेलु रक्सी हानिकारक भएको भेटिएको प्रहरीले बताएको छ ।

 

‘यो अभियान थाल्ने बेलामा हामीले कल्पना नगरेका वस्तुहरु रक्सी बनाउन प्रयोग गरिएको भेटियो, प्रहरी चौकी गोग्लीका इञ्चार्ज विष्णुबहादुर बुढाथोकीले भने, ‘भन्न पनि लाज लाग्छ । प्याड, प्याज राखेका पुराना बोरा, फाटेका जुत्ता चप्पल र मानिसको पिसाबसमेत घरेलु मदिरा बनाउँदा प्रयोग गरेको भेटियो ।’ स्थानीय स्तरमा उत्पादन हुने रक्सीमा विषाक्त पदार्थहरुको प्रयोग गरेको पाइएपछि रक्सीलाई नष्ट गरिएको बताइएको छ । अवैध रुपमा रक्सी उत्पादनले घरेलु हिंसा, समाजमा झैझगडा, स्वास्थ्यमा असर र आर्थिक नोक्सानी हुने भन्दै नियन्त्रण गर्न थालिएको घोराही उपमहानगरपालिका–४ का अध्यक्ष भीमबहादुर सार्कीले बताए । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
 

घरेलु मदिरा पिसाब प्याड
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।