समाचार प्रदेश ५

प्रसिद्ध धार्मिक गुठी स्वर्गद्वारीको ९५८ बिघा कब्जा

प्रसिद्ध धार्मिक गुठी स्वर्गद्वारीको ९५८ बिघा कब्जा

दाङ । महत्त्वपूर्ण धार्मिक गुठी स्वर्गद्वारी आश्रमको ९ सय ५८ बिघा जमिन विभिन्न व्यक्तिले कब्जा गरेका छन् । २४ वर्षदेखि आश्रमको जग्गामा व्यक्तिको रजाइँ चलिरहेको हो । सशस्त्र द्वन्द्व सुरु भएपछि आश्रमको जग्गामा व्यक्तिले कब्जा गर्न थालेका थिए । पछि मुक्त गराउन प्रशासन र अदालत धाउँदासमेत फिर्ता भएको छैन । देउखुरीमा रहेको ९ सय ९८ मध्ये आश्रमले ४० बिघा मात्र उपभोग गर्न पाएको छ । कतिपय जग्गाको उब्जनी ०४५ सालदेखि नपाएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताए ।  अहिले व्यक्तिले मौखिक रूपमै ती जग्गा किनबेच गरिरहेका छन् । ‘कुन जग्गामा को बसेको भन्ने पनि थाहा छैन, किनबेचका क्रममा धेरै मान्छेसम्म पुगिसकेको छ’ उनले भने, ‘ठूल्ठूला घर बनिरहेका छन्, समाजका प्रतिष्ठित मानिस पनि मुछिएका छन् ।’ घर निर्माण रोक्न प्रशासनमा उजुरी र अदालतमा मुद्दा हालिए पनि न्याय नपाएको उनले बताए । 

 

उनीहरूलाई सरकारले ०५१ सालमा मोही निष्कासन गरिदियो । निष्कासनका क्रममै उनीहरूले विभिन्न व्यक्तिलाई जग्गा बेचे । एकपछि अर्को गर्दै धेरै मानिससम्म किनबेच भयो । अहिले उक्त जग्गामा सात सयभन्दा बढी मानिस बसिरहेको अधिकारीले बताए । आश्रमका नाममा ९ सय ९८ बिघा ४ कट्ठा ७ धुर जग्गा छ । त्यसमा २ सय ८९ मोही छन् । ७ सय ७६ बिघा ७ कट्ठामा मोही लागेको छ । ३ सय ६७ बिघामा मोही छैन ।
 

 

वाषिर्क रूपमा जग्गाबाट १ हजार ८ सय १५ क्विन्टल धान र ४ सय १८ क्विन्टल तोरी उठ्नुपर्नेमा सय क्विन्टल पनि उठ्न सकेको छैन । आश्रमले नउठेको बालीको हिसाब राखेको छ । १९ हजार क्विन्टल धान र सात हजार क्विन्टल तोरी उठ्न बाँकी छ । धानको बजार मूल्य प्रतिक्विन्टल दुई हजार र तोरीको ६ हजार रुपैयाँ छ, जसअनुसार ३ करोड ८० लाखको धान र ४ करोड २० लाख रुपैयाँको तोरी उठ्न बाँकी छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

दाङ स्वर्गद्वारी आश्रम
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।