भिडियो कभर स्टोरी कुरा: खस्रा मिठा अन्तरवार्ता

मोदीले जिते आपत, नजिते महाआपत (भिडियोसहित)

मोदीले जिते आपत, नजिते महाआपत (भिडियोसहित)

भारतमा लोकसभाको निर्वाचन आउँदो बिहीबार अर्थात अप्रिल ११ बाट सुरु हुँदैछ ।  लोकसभाको कूल ५४३ सीटका लागि ७ चरणमा निर्वाचन हुन लागेको हो । ११, १८, २३, २९ अप्रिल एवं ६,१२ तथा १९ मे मा चुनाव गर्न लागिएको हो ।

 


यो चुनावमा कसले जित्छ, कसले हार्छ र यसबाट नेपाललाई के अशर पर्छ भन्ने बिषयमा नेपालमा पनि चासो बढेको छ । खासगरी भारतका बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपाको अवस्था के हुन्छ भन्नेमै सबैको ध्यान केन्द्रीत छ । अझ कांग्रेस आई र बामपन्थी पार्टीको अवस्थाका बारेमा पनि मानिसहरुको चासो बढेको छ । 

 


बिश्लेषक अरुणकुमार सुवेदी भन्छन्, ‘  मोदीको अवस्था राम्रो छ । सकभर सुविधाजनक बहुमत नभए, ठूलो दलकारुपमा आगामी सरकार पनि भाजपाकै नेतृत्वमा हुन्छ ।’

 


बिधानसभा चुनावमा भाजपालाई झट्का लागेको भएपनि त्यसको खासै असर यो चुनावमा पर्नेछैन । बिधानसभा चुनावको परिणाम प्रान्तीय सरकारको काममा निर्भर हुने भएकाले केन्द्र सरकारका लागि हुने चुनावमा यसले त्यति ठूलो महत्व राख्ने छैन । 

 

">
सुवेदीका अनुसार बामपन्थीको अवस्था यसपटक पनि राम्रो छैन । २०१४ को चुनावमा सखाप भएको कांग्रेस आईको अवस्थामा सुधार आउन सक्छ । तर, बामपन्थीको अवस्था अहिले पनि खराब छ । 

 


उत्तर प्रदेशमा मायावती र अखिलेशको गठजोडका कारण बिजेपीलाई घाटा हुनसक्छ, तर त्यसको पूर्ती अन्य क्षेत्रबाट गर्न पनि भाजपालाई समस्या छ । उत्तर प्रदेशमा सिट संख्या बढी भएकाले त्यसको पूर्ती गर्न चुनौतीपूर्ण छ । 

 


क्रिश्चियनहरुको संख्या रहेको छत्तिसगढ र राँचीमा पनि भाजपालाई समस्या देखिएको छ । 

 


विश्लेषक सुवेदीका अनुसार अमेरिका मोदी र उनको पार्टी भाजपाकोबिरुद्धमा छ । भारतमा शक्तिशाली नेताको उदय नहोस भनेर नै अमेरिका मोदीलाई पतन गराउने गतिविधिमा लागेको छ । 

">


अमेरिकाले ‘करेन्सी वार’ थोपरेर मोदी र मोदी सरकारलाई खत्तम पार्न खोजेको होइन ? मानवअधिकारका नाममा अभियान, बिभिन्न आइएनजिओ, वेष्टर्न लिबरल र लिबरलहरुको अभियान आदि सबै मोदी बिरुद्ध संचालन गरिएका गतिविधि हुन् । ’

 


‘मोदी भारतमा रहुन्जेल रूसमार्फत चीन र भारतको सन्तुलित अवस्था रहने भएकाले पनि अमेरिकाको निशानामा मोदी परेका हुन् । ’ सुवेदीको भनाइ छ ।

 
चीन र रुस भने मोदी र उनको पार्टी भाजपाको पक्षमा छन् । चुनावका दौरान पाकिस्तानसंग भारतको तनाव थप बढ्न सक्ने उनको आशंका छ । 
प्रधानमन्त्री मोदी र कांग्रेसका आईका अध्यक्ष राहुल गान्धीबीच तुलना हुन सक्दैन । मोदी टावर पर्सनालिटीकारुपमा रहेको र गान्धी उनका अघि फुच्चे देखिएका छन् । राहुल उदीयमान राम्रा नेता भएपनि मोदीको पालामा उनी पर्नु दुर्भाग्य भयो । मोदीको व्यक्तित्वसामु राहुलको छवि ओझेल परेको छ । 
नेपालको फाइदाका लागि  भाजपा र मोदीको विजय हुन जरुरी रहेको सुवेदीको तर्क छ । भाजपाको बिजयपछि नेपाल मामिलामा चीन र भारत एकठाउँमा उभिने निश्चित भएकाले यहाँको सकारात्मक परिवर्तनका लागि पनि भाजपाको जित अपरिहार्य छ । 

 


उनी भन्छन्, ‘नेपाललाई आत्महत्याको गन्तव्यबाट रोक्न मोदीले जिते परिस्थिति केही हदसम्म ठीक हुन्छ । मोदीले जिते भारत र चीन नेपाल मामिलामा एक हुन्छन्, यसले नेपाल र नेपालीको भलाईका लागि राम्रै हुन्छ । ’

 


यसले अमेरिकाको ‘इण्डो प्यासिफक स्ट्राटिजी’ को उल्झनमा पर्नबाट समेत नेपाल जोगिने छ । 

 


मोदीले जिते भने नेपालमाथि कुनै न कुनै प्रकारको ठूलो एक्सन हुने सुवेदीको दाबी छ । पुलमा घटनालाई लिएर पाकिस्तान र भारतबीच तनाव बढेकाबेला नेपाल सरकार र यहाँका दलहरुले जुन प्रकारको प्रतिक्रिया दिए, त्यसले नेपालमा भयङ्कर ठूलो संकट ल्याउने उनी बताउँछन् । 

">


उनी भन्छन्, ‘ नेपालको सरकारले गल्ती बोध गर्दै मोदीको चित्त बुझाउन नसके भयङ्कर कटु परिस्थिति नेपालले भोग्नुपर्ने हुनसक्छ । नाकाबन्दी लाग्न सक्छ । पहिले त तेलको मात्र नाकाबन्दी थियो, अब त उर्जाको पनि नाकाबन्दी लाग्न सक्छ । ’

 


सुवेदी भन्छन्, ‘अहिलेको दृश्यपटलमा रहेका नेपालका नेताहरु बीपी कोइराला र राजा महेन्द्रसंग तुलनायोग्य छैनन् । महेन्द्र र बीपी निकै उचो व्यक्तित्व भएका मान्छे हुन् । उनीहरु असफल हुनुको एउटा कारण भारतलाई चिढाएर अपनाइएको बिदेश नीति नै हो । अहिलेका यी फुच्चे नेताहरुले पनि बीपी र महेन्द्रकै नीति अख्तियार गर्न खोजेर देश सफल हुन्छ ? ’ 

 


नेपालको संविधानका केही प्रावधान ( संघीयता, धर्मनिरपेक्षता, बिदेश नीति) प्रति भारत र चीन खुशी छैनन् । भारतमा चुनाव सम्पन्न भएपछि संविधानका यी बिषयवस्तु परिवर्तन गर्न दुवै राष्ट्रले  साझा कदम चाल्न सक्ने उनको आंकलन छ । 

 


‘नेपालमा राजनीतिक परिवर्तनका लागि परिस्थितिजन्य अवस्थामा सेना पनि सक्रिय हुनसक्छ । यो मेरो चाहना होइन तर परिस्थितिले मागे, अस्वीकार कसरी गर्नू ? ’ सुवेदी बताउँछन् । 
">

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।