समाचार अर्थ रोजगार प्रदेश ४

होमस्टेलाई सरकारी अनुदान

होमस्टेलाई सरकारी अनुदान

लमजुङ । पर्यटन प्रवर्धनमा सघाउने होमस्टेलाई सरकारी अनुदान उपलब्ध गराइने भएको छ ।  गण्डकी प्रदेश सरकारले लमजुङका १४ वटा होमस्टेलाई अनुदान उपलब्ध गराएको हो । पूर्वाधार विकास र पर्यटन विकासका लागि प्रत्येक होमस्टेले १० लाख रुपियाँ पाउने छन् । 

 

गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले स्थानीय तहसँगको सहकार्यमा होमस्टे प्रवद्र्धनका लागि अनुदान उपलब्ध गराउन गत पुसमा प्रस्ताव आह्वान गरेको थियो । लमजुङका २९ वटा होमस्टेले आवेदन दिएका थिए । अन्यको होमस्टे कार्यविधि २०७५ अनुसारको मापदण्ड नपुगेका कारण अनुदान नपाएको र १४ वटा छनौटमा परेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख प्रभात सापकोटाले बताएका छन्। 
उनका अनुसार छनोटमा नपरेका होमस्टेको मापदण्ड पुगेपछि अनुदानका लागि छनौट हुने छन् ।

 

होमस्टे अनुदानका लागि बेंसीसहर नगरपालिकाका ३ होमस्टे, राइनास नगरपालिकाका २, सुन्दरबजार नगरपालिकाका ३, मस्र्याङ्दी गाउँपालिकाका २ र क्व्होलासोंथर गाउँपालिकाका ४ होमस्टे छनौट भएका छन् । 

पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापनको लागि क्व्होलासोंथर गाउँपालिका ९ को गिलुङ सामुदायिक होमस्टे, राइनास नगरपालिरका ९ राइनासकोट होमस्टे, बेंसीसहर ३ रापासिङ सामुदायिक होमस्टे, मस्र्याङदी ८ तामाङ होमस्टे, बेंसीसहर २ मगर होमस्टे, राइनास ९ कुँडुले सामुदायिक होमस्टे, सुन्दरबजार ५ गहते मूलकोट होमस्टे, सुन्दरबजार ११ तुर्लुङकोट होमस्टे, क्व्होलासोंथर गाउँपालिका ८ घाम्राङ साुमदायिक होमस्टे, मस्याङदी गाउँपालिका ३ सिउरुङ होमस्टे, क्व्होलासोंथर गाउँपालिका ६ पसगाउँ सामुदायिक होमस्टे, सुन्दरबजार ३ खजेगाउँ दुराडाँडा होमस्टे, क्व्होलासोंथर ४ भुजुङ सामुदायिक होमस्टे, बेंसीसहर नगरपालिका ३ काउलेपानी सामुदायिक होमस्टे छनौट भएका हुन् ।


यी छनोटमा परेका १४ वटा होमस्टेले कुल एक करोड ४० लाख रुपियाँ अनुदान पाउनेछन् । 
तर अनुदान पाउँन भने अनुदान व्यवस्थापन तथा कार्यविधि मान्नु पर्ने हुन्छ । जस अन्तरगत प्रदशले जारी गरको होमस्टेमा पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापन गर्न अनुदान दिने कार्यविधिमा लागतको २० प्रतिशत खर्च सञ्चालक र १० प्रतिशत बजेट सम्बन्धित स्थानीय तहले उपलब्ध गराउने सुनिश्चितताको सिफिारिस पत्र सम्झौता गर्दा पेस गर्नुपर्ने प्रावधान छ ।

 

संवन्धित होमस्टेले १४ लाख ४० हजारको काम गरेमा १० लाख रुपियाँ अनुदान पाउने व्यवस्था प्रावधानमा छ । १ लाख ४० हजार रुपियाँ भने गाउँपालिकाले खर्च गर्नुपर्नेछ ।

अनुदान रकमबाट पर्यटक भित्र्याउने, व्यवस्थित भौतिक संरचना निर्माणको कार्य गरिनुपर्ने सापकोटाले बताए । ‘होमस्टेले धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सक्न प¥यो । खानाका परिकारदेखि लिएर अन्य सेवासुविधामा राम्रो हुनुप¥या’ उनले भने, ‘स्थानीयको आयआर्जन होस् र पर्यटन प्रवद्र्धन पनि होस् भनेर अनुदान दिन लागिएको हो ।’

 

१४ वटै होमस्टेसंग सम्झौता गरिसकेकिएकाले अब तत्काल अनुदान रकम प्रदान गरिने उहाँले बताएका छन् । होमस्टेका लागि शुरुवमा ४० प्रतिशत रकम दिनेछ र पछि कामको आधारमा रकम भुत्तानी गरिने सापकोटा बताउछन् ।

छनौटमा परेका होमस्टेमध्ये केही यसअघि नै सञ्चालित छन् भने केही नयाँ सञ्चालनमा तयारीमा छन् ।

गण्डकी प्रदेश
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।