समाचार प्रविधि स्वास्थ्य ओटोमोबाइल

वीरले खरिद गरेको अत्याधुनिक सेवा सहितको एम्बुलेन्स ट्रमालाई, अर्को एक किन संसद भवनमा ?

वीरले खरिद गरेको अत्याधुनिक सेवा सहितको एम्बुलेन्स ट्रमालाई, अर्को एक किन संसद भवनमा ?

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरलाई अत्याधुनिक सेवा सुविधा सहितको आधुनिक एम्बुलेन्स प्रदान गरिएको छ । सामान्य एम्बुलेन्सले काम चलाउँदै आएको ट्रमाले हस्पिटल संचालनमा आएको ३ वर्षपछि बल्ल नयाँ एम्बुलेन्स पाएको हो । 

 

ट्रमाले पाएको उक्त एम्बुलेन्स ट्रमा आफैले खरिद गरेको नभई वीर अस्पताले खरिद गरि प्रदान गरिएको हो । 
वीर अस्पतालले खरिद गरेको ३ वटा अत्याधुनिक सेवा सहितको एम्बुलेन्स मध्ये एउटा राष्ट्रिय ट्रमा सेन्टरलाई दिइएको हो ।  

 

यस्तै एउटा वीरले नै राख्ने छ भने  अर्को एउटा संसद भवनमा राख्ने सरकारले निर्णय गरेको छ । 

देशको एक मात्रै ट्रमा सेन्टरमा यस भन्दा पहिला अक्सिजन मात्रै जोडिएको सामान्य एम्बुलेन्स संचालन हुँदै आइरहेको थियो । सो एम्बुलेन्स भारतीय राजदूतवासले ट्रमा सेन्टरको आधिकारिक उद्घाटनको समयमा प्रधानमन्त्री नरेन्द्र मोदीले हस्तान्तरण गरेका थिए । 

नयाँ “क” वर्गको एम्बुलेन्समा दुई वटा अक्सिजनको सिलिण्डर, आगो निभाउने मेसिन, भेन्टिलेटर, स्ट्रेचर, व्हीलचियर, वासिङ, ड्रेसिङ, लगायतका सुविधानहरु रहेका छन् । 

इन्डीयन फोर्सको नयाँ एम्बुलेन्समा सामान्य अप्रेशन सम्म गर्न मिल्ने सुविधाहरु जोडिएको छ । 
नयाँ एम्बुलेन्समा गम्भीर बिरामीलाई अस्पताल ल्याउँदै गर्दा बाटोमा उपचार गर्न पनि सकिने सुविधा रहेको छ । 

सो एम्बुलेन्समा हेल्थ असिसटेन्ड अनिवार्य बस्नु पर्ने छ भने बिरामी लिनको लागि धेरै पटक डाक्टर आफै पनि एम्बुलेन्समा गइसकेका छन् ।  

महत्वपूर्ण स्वास्थ्य सेवा दिने ट्रमा सेन्टरले आफैले भने हालसम्म पनि एम्बुलेन्स खरिद गर्न सकेको छैन।

राष्ट्रिय ट्रमा सेन्टर
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।