समाचार व्यापार अर्थ कर्पोरेट

नेविप्राले राहुघाट जलविद्युत आयोजनाको वार्षिक करिब ६ लाख युनिट विद्युत किन्ने 

नेविप्राले राहुघाट जलविद्युत आयोजनाको वार्षिक करिब ६ लाख युनिट विद्युत किन्ने 

काठमाडौं । बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र राहुघाट आयोजनाबीच गत सोमबार काठमाडौंमा विद्युत खरिद–बिक्री संवन्धि संझौता भएको हो । 


प्राधिकरणका तर्फबाट नेविप्राका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाबाट कम्पनीका प्रवद्र्धक तथा रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीरामराज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

 

सम्झौता अनुसार कम्पनीले प्राधिकरणलाई ४ रुपैयाँ ५० पैसा देखि १० रुपैयाँ ५५ पैसा प्रतियुनिट विद्युत उपलब्ध गराउने छ । 

सुख्खायामको छ महीना पिक आवरमा प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र सामान्य समयमा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद बिक्री गर्ने सम्झौता भएको कम्पनीका सहायक निर्देशक गोपाल पाठकले जानकारी दिए। 

बर्खाको छ महीना भने प्रतियुनिट ४ रुपैयाँ ५० पैसाका दरले मात्र प्राधिकरणले आयोजनाको विद्युत् खरीद गर्नेछ । संझौताअनुसार प्रतिवर्ष तीन प्रतिशतका दरले ८ वर्षसम्म विद्युत्को मूल्यवृद्धि हुनेछ । 

 

रघुगङ्गा हाइड्रो लिमिटेड प्राधिकरणको शत प्रतिशत लगानी रहेको सहायक कम्पनी हो। यो कम्पनी विसं २०७३ मा स्थापना भएको थियो ।

भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियतपूर्ण ऋण, नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी रहने यस आयोजनाको कूल लागत निर्माण अवधिको ब्याजसहित रु ८ अर्ब ५९ करोड अनुमान गरिएको छ ।

अर्धजलाशययुक्त बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने जनाएको छ ।

 

सुख्खायाममा ४३.५ र बर्खायाममा ६५.९५ प्रतिशत विद्युत् उत्पादन हुने यस आयोजना २०७४ मङ्सिर ५ गते भारतीय जयप्रकाश एसोशिएटसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म यस आयोजनाको १२ प्रतिशत काम सक्किसकेको छ । 

राहुघाट जलविद्युत् आयोजना
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।