अर्थ शेयर

रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा माग भन्दा आवेदन, खुल्ला भएको तीन दिनमै बन्द गरिदै

रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा माग भन्दा आवेदन, खुल्ला भएको तीन दिनमै बन्द गरिदै

काटमाडौं। रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा मागभन्दा बढि आवदेन परेसँगै पहिलो चरणमै निष्काशन बन्द गर्ने भएका छन्। 

दुबै कम्पनीले आज एक दिनका लागि मात्रै प्राथमिक शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएका छन्। 

 

तीन दिनको अवधिमा सान्जेन जलविद्युत कम्पनीको आइपिओमा एक लाख ५८ हजार आवेदकले ८० लाख ८५ हजार कित्ता शेयर माग गरेका छन्। मागभन्दा १.६२ गुणा आवेदन परेसँगै बिक्री बन्द गर्ने भएको हो। त्यस्तै रसुवागढी हाईड्रोपावरमा ९९ लाख कित्ताको लागि आवेदन परेको छ। जहाँ कम्पनीले ९३ लाख कित्ता शेयर खुला गरेको थियो।

 

कम्पनीले सर्वसाधारणको लागि ५४ लाख ७५ हजार कित्ता निष्काशन गरेकोमा ५ प्रतिशत सामुहिक लगानी कोषका लागि दुई लाख ७३ हजार ७५० कित्ता छुट्याएको छ।  ४ प्रतिशत अर्थात दुई लाख १९ हजार कित्ता प्राथमिक शेयर कर्मचारीहरुको लागि र बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो। 

 

रसुवागढी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक शेयरमा एक लाख ५८ हजार भन्दा धेरै आवदेकले ९९ लाख कित्ताको लागि आवेदन दिएका छन्। रसुवागडी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि एक करोड दुई लाख ६३ हजार १५० कित्ता मध्ये ४ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि, ५ लाख १३ हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ९३ लाख २९ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो। 

 

दुबै आयोजनाले निष्काशन गरेको प्राथमिक शेयरका लागि न्युनतम १० कित्ताको लागि आवदेन दिन पाइनेछ। 

सान्जेन जलविद्युत कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ। आयोजनाको जम्मा लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागि १५ करोड ९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

 

त्यस्तै रसुवागढी हाइड्रोपावरको साधारण लगानी फिर्ता अवधि ८.१२ वर्ष रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत १५ करोड १२ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ। दुबै आयोजनाले गरेको क्रेडिट रेटिङ अनुसार औषत भन्दा कम आधारहरु जनाउने इक्रा एनपिआइपिओ ग्रेड चार प्राप्त गरेको छ। 

 

रसुवागढी हाइड्रोपावरले १११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने सान्जेनले जलविद्युत कम्पनीले १४.८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२.५ मेगावाट क्षमताको सान्जेन लविद्युत आयोजना निर्माण गरिरहेको छ। 

रसुवागढी हाइड्रोपावर सान्जेन जलविद्युत कम्पनी
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।