समाचार पर्यटन प्रदेश ६

१५ करोड खर्चिएर रारामा इको प्यानलबाट तीन रिर्सोट खुल्दै 

१५ करोड खर्चिएर रारामा इको प्यानलबाट तीन रिर्सोट खुल्दै 

काठमाडौं। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल नजीकैका स्थानमा तीन वटा रिसोर्ट स्थापना गरिने भएको छ ।

बर्सेनी हजारौँ पर्यटक रारा घुम्न आउने गरेपनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल नभएकाले पर्यटकले सास्ती खेपिरहेकाले स्तरीय सेवा दिन भिलेज रिसोर्ट नामका तीन वटा रिसोर्ट खोल्न लागिएको हो । 

 

१५ करोडभन्दा बढी लगानी हुने रिसोर्टका लागि गोर्खा इकोप्यानलको प्रयोग गरी चाँडै रिसोर्टका भवन बनाएर सञ्चालनमा ल्याइने रिसोर्टका अध्यक्ष अनुपविक्रम शाहले जानकारी दिए।

रारा विमानास्थल नजिकै रहेका ताल्चा, सल्लेरी र मुर्मा गरी तीन ठाउँमा सञ्चालनमा ल्याउन लागिएको रिसोर्टका लागि तीनै ठाउँमा गरी २० रोपनी क्षेत्रफलको जग्गामा ६० कोठे रिसोर्ट रहने बताइएको छ । 

 

विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो । शुक्रबार मुगुको रारा विमानस्थल ताल्च, सल्लेरी र मुर्मामा रिसोर्ट निर्माणका लागि शिलान्याससमेत गरिएको सञ्चालक शाहले जानकारी दिए ।

जिल्लामा आउने हवाई र स्थलमार्ग सहज भएसँगै नेपालको रारा ताल हेर्न मुगु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गए पनि यहाँ राम्रो बास र खानाको व्यवस्था नहुँदा पर्यटकले सास्ती खेप्नु परेको थियो ।

 
हाल ताल रहेको हुटुमा दुई वटा होटल सञ्चालनमा छन् । दुवै होटलले दिनमा एक सयसम्म ग्राहक धान्न सक्ने क्षमता रहेको छ । 

स्थानीयवासीले रारा तालको छेउमा रहेका डाँफे होटल र भिलेज हेरिटेज रिसोर्टले राराको वातावरण प्रदूषण बढाएको भन्दै पटक पटक होटलहरू तालबाहिर सार्न माग गर्दै आएका छन् ।रासस
 

कर्णाली प्रदेश राराताल
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।