ओटोमोबाइल

टेकुमा खुल्यो मिशेलियन टायरको नयाँ शोरुम

टेकुमा खुल्यो मिशेलियन टायरको नयाँ शोरुम

काठमाडौं । विश्व प्रसिद्ध मिशेलिन टायरको विशेष शोरुम हालै काठमाडौंको टेकुमा खोलिएको छ । उक्त शोरुमको सिप्रदी ग्रुप अफ कम्पनिजका सीईओ राजन बाबु श्रेष्ठ, मिशेलिन इन्डियाका क्षेत्रीय बिक्री प्रबन्धक सत्यप्रसाद तथा श्याम ट्रेडिंगका श्याम कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

 

उक्त समारोहमा सिप्रदी ग्रुप अफ कम्पनिजका सीओओ राजेश प्रसाद गिरी, सोही कम्पनीका उपाध्यक्ष सौरभ राज थपलिया तथा सिप्रदी अटोपार्ट्स महाप्रबन्धक युवराज बुढाथोकी पनि उपस्थिति थियो। उक्त शोरुमले सबै प्रकारका व्यापारिक एवं यात्रुवाहक गाडीलगायत दुइ पांग्रे सवारी साधनहरूको लागि समेत आवश्यक उच्च गुणस्तरीय टायर उपलब्ध गराउने छ।

 

उद्घाटन समारोहपछि प्लैटिनम होटलमा ग्राहक भेटघाट कार्यक्रम राखिएको थियो। उक्त भेटघाट कार्यक्रममा उद्घाटन समारोहमा उपस्थित महानुभावहरुका अतिरिक्त विभिन्न प्रकारका सवारी साधनहरुका १०० भन्दा बढी ग्राहकहरुको समेत सहभागिता थियो। कार्यक्रममा सत्य प्रसादले कम्पनीको झलकका साथै बजारको विश्वव्यापी अवस्थाबारे प्रकाश पारेका थिए भने युवराज बुढाथोकीले नेपालमा मिशेलिन टायरको आगामी व्यापारिक रणनीति एवं अन्य टायरको तुलनामा मिशेलिन टायरको लागत लाभ विश्लेषणसमेत प्रस्तुत गरेका थिए।

 

कार्यक्रममा मिशेलिन टायरका बजार सम्भाव्यता बारेको भिडियोसमेत देखाइएको थियो । औपचारिक कार्यक्रमपछि रात्रिभोजको आयोजना गरिएको थियो जहाँ व्यवस्थापन टोली र ग्राहकका बीच फलदायी अन्तरकृया भएको थियो ।

मिशेलिन टायर
ADVERTISEMENT