समाचार पर्यटन देश प्रदेश ३

अब प्रदेश नम्बर ३ को नुवाकोटमा पनि घण्टाघर

तीन महिनाभित्र काम सकिने

अब प्रदेश नम्बर ३ को नुवाकोटमा पनि घण्टाघर

नुवाकाेट । राजधानीको जमलमा रहेको जस्तै घण्टाघर अब नुवाकोटको विदुरमा पनि बन्ने भएको छ । प्रदेश सरकारको करिब ५० लाख रुपैयाँ लागतमा उक्त घण्टाघर निर्माण हुन लागेको हो । 


शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले घण्टाघरको शिलान्यास गरेका छन् । 


घण्टाघरको शिलान्यास गर्दै मेयर पण्डितले नुवाकोटमा बन्ने उक्त घण्टाघरले समग्र नुवाकोटकै सौन्दर्य थप्ने र पर्यटकहरूका लागि नगर थप आकर्षणको केन्द्र बन्ने  जिकिर गरे । 

‘ नुवाकोटमा बन्ने घण्टाघरले विदुर नगरपालिकाको पहिचान मात्र थप्ने नभएर समग्र जिल्लाकै प्रतिनिधित्व गर्ने छ ।’ उनले भने, ‘नुवाकोटको प्रमुख व्यापारिक केन्द्र बट्टार बजार र बसपार्कको मध्यभागको साथै देवीघाटको चन्द्रज्योति मावि हुँदै हावाघर आउने मार्गको रुपमा विस्तार हुँदै गर्दा घण्टाघरले शहरी विकासको समेत झल्को दिने छ । यसले आन्तरिक तथा बाह्रय पर्यटक तान्दै नगरको पर्यटन विकासमा समेत टेवा पु¥याउने छ ।’ 


यसै अबसरमा पण्डितले नगरका हरेक वडामा पार्क निर्माण गर्ने समेत घोषणा गरे ।  

 

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा बन्न लागेको उक्त घण्टाघर ५६ फिटको बन्ने छ भने निर्माण कार्य तीन महिनाभित्र सम्पन्न हुने छ । 

नुवाकाेट
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।