समाचार ओटोमोबाइल

मोटरसाइकल नियन्त्रणमा ट्राफिक थप कडा बन्दै, यसै आर्थिक वर्षमा बक्स नियम लागु हुने

मोटरसाइकल नियन्त्रणमा ट्राफिक थप कडा बन्दै, यसै आर्थिक वर्षमा बक्स नियम लागु हुने

काठमाडौं । राजधानीमा मोटरसाइकल चालकहरुका लागि नयाँ नियम लागु हुने भएको छ । जथाभावी बाटो काट्ने, लेन मिच्ने र ओभर ट्क गर्ने मोटरसाइकललाई नियन्त्रण गर्ने उद्देश्यले बक्स ट्राफिक नियम लागु गर्ने भएको हो । 

 

बक्स नियम आगामी जेठ महिनासम्ममा कार्यान्वयनमा ल्याइसकिने ट्राफिक महासाखाले जनाएको छ । यसका लागि जाइकाले अध्ययन गरिरहेको छ । 

सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख दिप बाराहीले जाइकाले उक्त प्रोजेक्ट अध्ययन अन्तिम चरणमा पुराइसकेको र प्रोजेक्ट हस्तान्त्रण गर्न मात्र बाँकी रहेको बताएका छन्। 

 

उनकाअनुसार सो योजना सुरुको चरणमा नयाँ बानेश्वरमा पाइलट प्रोजेक्टको रुपमा कार्यन्वयनमा ल्याइने छ । सो ठाउँमा मोटरसाइकल बक्स प्रोजेक्ट सफल भएमा अन्य स्थानमा त्यसलाई कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए ।

‘जाइकाले प्रोजेक्ट हस्तान्त्रण गर्नासाथ हामी टेन्डरमा जान्छौँ, उनले भने, ‘चैत्र भित्र प्रोजेक्ट हस्तान्त्रण भयो भने हामी जेठसम्ममा यसलाई कार्यान्वयनमा ल्याउछौं ।’

 

उनकाअनुसार मोटरसाइकल बक्स सुरु भएपछि मोटरसाइकललाई छुट्टै लेन छुट्टाइने छ, जहाँ मोटरसाइकल बाहेक अन्य सवारी रोक्न पाइने छैन । 

‘ट्राफिक लाइट अगाडि सवारी रोक्दा सुरुको लाइनमा मोटरसाइकल बक्स बनाइएको ठाउँमा मोटरसाइकल मात्र रोक्न पाइने छ, त्यसपछि अन्य  सवारी रोकिने छ,’ बाराहीले भने ‘यसो गर्दा एउटै ठाउँमा धेरै बाइक अट्ने छन् र जथाभाबी छिर्न पाउने छैनन् ।’

 

उनले केन्द्रको स्विकृती पाउना साथ यस योजनालाई कार्यान्वयनमा ल्याइने जानकारी दिए । 

ट्राफिक व्यवस्थापन
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।