समाचार ओटोमोबाइल प्रदेश ३

गाडी कुद्ने पक्की पुल हावाहुरीले भत्कायो

गाडी कुद्ने पक्की पुल हावाहुरीले भत्कायो

काठमाडौं । नुवाकोट र धादिङ दुई जिल्ला जोड्ने पक्की पुल हावाले भत्काएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ र धादिङको गल्छी गाउँपालिका वडा नं १ जोड्ने त्रिशुलीनदी माथीको निर्माणाधीन पक्की पुल भत्किएको हाे ।


धादिङको सदरमुकामबाट सुनौलाबजार खाल्टे फोस्रेटार हुँदै नुवाकोटको बेलकोटगढी नगरपालिका जोड्नको लागि त्रिशुली नदीको केउरेनीमा निर्माणाधिन पक्की पुलको ढलान गर्न तयार पारिएको फ्रेम सोमबार साँझ आएको हावाहुरीले भत्काइदिएको हो ।

 

५ वर्षअघि देखि निर्माण सुरु गरिएको भएपनि उक्त पुलको निर्माण कार्य आधापनि सकिएको थिएन । २०७४ आषाढ मसान्तसम्ममा बनाइसक्नुपर्ने भएपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १ वर्ष थप गरि निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०७५ चैत्र मसान्तसम्म तोकिएको थियो ।

 

पुलको जम्मा १ सय मिटर मात्रै ढलान भएको छ भने अर्को १ सय मिटर ढलान गर्ने तयारी गर्ने क्रममा हावाहुरीले भत्काइदिएको साइड इन्चार्ज सुरेशबाबु पाण्डेले बताए । ढलान गर्ने तयारी अवस्थामा राखिएको फ्रेम सवै भत्काइदिएपछि ५० लाख हाराहारीमा क्षति भएको पाण्डेले बताए।

 

१५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रुपैयाको लागतमा बन्ने पुल १९२ मिटर लामो हुनेछ । निर्माण गरिसक्नुपर्ने अवधी सकिनै लाग्दासमेत काममा ढिलाइ भइरहेको स्थानीयहरुको गुनासो आइरहदा हावाहुरीले समेत पुल भत्काइदिएपछि पक्की पुलबाट ओहोर दोहोर गर्ने स्थानीयहरुको सपना फेरी पर धकेलिएको छ ।

नुवाकोट धादिङ
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।