राजनीति

बुटवल पुगेर प्रधामन्त्रीले भने जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न पाउनुपर्छ

बुटवल पुगेर प्रधामन्त्रीले भने जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न पाउनुपर्छ

बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताएका छन् । बुटवलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त धारणा राख्दै भने, “जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न पाउनुपर्छ । अब त्यो आत्मविश्वास लिएर अगाडि बढ्न जरुरी छ ।”

 

प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको प्रचार गर्नुको साटो केही मिडियाले गलत प्रचार गरेको बताए। प्रधानमन्त्री ओलीले भने,“आँखा चिम्लेर सरकारको विरोध गरिएको छ, आँखा खोल्दा जताततै विकास र समृद्धि देखिन्छ, यसमा केही मिडिया र केही बुद्धिजीवी सहभागी छन् ।”,

 

सिके रातसँगको सहमतिले विखण्डनको अन्त्य भयो भनेर समेत विरोध भएको गुनासो गर्दै प्रधामन्त्री ओलीले  सरकारविरुद्ध भएका गलत प्रचार र भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री केपी ओली केपी ओली