अर्थ प्रदेश २

प्रदेश २ मा उद्योग खोल्नेलाई २० वर्ष कर छुट 

प्रदेश २ मा उद्योग खोल्नेलाई २० वर्ष कर छुट 

काठमाडौं । प्रदेश २ मा उद्योग खोले २० वर्षसम्म सबै कर छुट दिने यहाँको सरकारले निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उद्योगमैत्री वातावरण बनाउन कर छुटसहित ५ योजना ल्याएको प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले बताए। 

 

उद्योग खोल्न सहज रुपमा जग्गा उपलव्ध गराउने, प्रदेशभित्र उद्योग सुरक्षा इकाइ गठन गरी उद्योग सुरक्षा दिने, उद्योग दर्ता ३ घण्टामा पूरा गर्ने र उद्योग क्षेत्रभित्र नियमित विद्युत् प्रवाह गर्ने निर्णय समेत सरकारले गरेको छ।

 

मुलुकभर रहेका उद्योगहरुको संख्याका आधारमा प्रदेश २ तेश्रो स्थानमा छ। राष्ट्र बैँकले गरेको एक अध्ययनअनुसार मुलुकभर चार हजार ७६ उद्योग छन्। त्यसमध्ये ८ सय १२ वटा प्रदेश २ मा छन्। सबैभन्दा वढी प्रदेश ३ मा ९ सय ६५ छन्। दोश्रोमा प्रदेश ५ मा ८ सय २७ छन्। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

मन्त्रिपरिषद् बैठक कर छुट 
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।