विदेश

अमेरिका-उत्तर कोरिया शिखर वार्ता आज, हनोईमा उच्च सुरक्षा प्रबन्ध

अमेरिका-उत्तर कोरिया शिखर वार्ता आज, हनोईमा उच्च सुरक्षा प्रबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच हनोइमा बुधबारबाट दुई दिने शिखर सम्मेलन हुँदैछ।

 

शिखर सम्मलेनमा सहभागि हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साँझ भियतनाम आइपुगेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प हनोइको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई विमानस्थलमा भब्य स्वागत गरिएको थियो ।

 

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमबीच बुधबार र बिहीबार कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने सम्बन्धमा छलफल हुने कार्यक्रम छ । विश्व समुदायले यस पटकको वार्तामा उत्तरकोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मंगलबार नै भियतनामको राजधानी हनोई पगेका थिए । दुई नेताको लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।

 

यसअघि दुई नेताबीच गत वर्ष जुनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा अस्पष्ट तर महत्वपूर्ण सहमति भएको थियो । उत्तर कोरियाको आणविक हतियार नष्ट गर्नेतर्फ यस पटकको वार्तामा ठोस सम्झौता हुने विश्लेषकले अनुमान गरेका छन् ।

अमेरिका उत्तर कोरिया शिखर वार्ता