अर्थ बैंकिङ कर्पोरेट

नेप्सेको वर्गीकरणमा ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट बैंक मात्र समूह ‘ए’ मा 

नेप्सेको वर्गीकरणमा ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट बैंक मात्र समूह ‘ए’ मा 

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गरेको सूचीकृत कम्पनीहरूको वर्गीकरणमा दुई कम्पनी मात्रै समूह ‘ए’ मा परेका छन् । 

वाणिज्य बैंक समूहमा सूचीकृत ग्लोबल आएमई बैंक र  नेपाल ईन्भेष्टमेन्ट बैंक मात्र शीर्ष समूहमा परेका हुन् ।

 

नेप्सेले यसअघि गरेको वर्गीकरणमा कुनैपनि कम्पनी समूह ए मा परेका थिएनन्। तर नेप्सेले सूचीकृत कम्पनीलाई समूह ‘ए’ मा पर्नुपर्ने दाबी भए त्यस अनुरूप कागजपत्र सहित दाबी गर्न भनेको थियो।

 

नेप्सेको सोही निर्देशनपछि भएको अद्यावधिक रहेका दुई कम्पनी समूह ‘ए’ मा परेका हुन् । अरू सबै कम्पनी ‘जी’ र ‘जेड्मा परेका छन् । नेप्सेको अद्यावधिकमा समेत कुनैपनि कम्पनी समूह ‘बी’ मा परेनन्।

नेप्सेले दुईसय २ कम्पनीको वर्गीकरण गरेको हो। जसमा समूह ‘ए’ मा दुई, समूह ‘जी’ मा २८ र समूह ‘जेड’ मा एकसय ७२ कम्पनी परेका छन्।

 

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ११(९) बमोजिम सूचीकृत कम्पनीको वर्गीकरण गरेको हो। चुक्ता पूँजी, नाफाको अवस्था, धितोपत्र सूचीकरणको अवधी र तोकिएको समयमा साधारणसभा भएको लगायतका मापदण्को आधारका नेप्सेले बर्गीकरण गर्ने गरेको छ।

 

यस अनुरुप चुक्ता पूँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण भएको कम्तीमा तीन वर्ष भएको, बिगत तीन आर्थिक बर्ष लगातार नाफामा रही लाभांश बितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त भएको, नियमनकारी निकायले तोकेको ढाँचामा बित्तीय बिबरण राखेको र आर्थिक बर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीलाई नेप्सेले समूह ए मा राख्ने गरेको छ।

 

यसैगरी समूह बि का लागि नेप्सेले चुक्ता पूजीको हकमा ५० करोड र संचित नोक्सनी नरहेको हुनुपर्ने मापदण्ड तोकेको छ।

 

ए र बी मा जेसूकै लेखिएको भएपनि जी वर्गमा पर्न धितोपत्र सूचीकरण भएको कम्तिमा दुई वर्ष पुग्नु पर्छ भने तीनै समूहमा नपरेका कम्पनी जेड समूहमा पर्छन्।   
 

नेपाल स्टक एक्सचेन्ज(नेप्से)
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।