खेल

गौरिकाले जितिन् चाैथाे स्वर्ण

गौरिकाले जितिन् चाैथाे स्वर्ण

काठमाडाैँ – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पौडी खेलाडी गौरिका सिंहले चाैथाे स्वर्ण जितेकी छन्। १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक उनले चाैथाे स्वर्ण जितेकी हुन्। उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।

गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई पछि पारिन् । शिवा‌ंगीको समय ५८.१५ सेकेन्ड रह्यो । सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।

दीपकले चारवटा सागबाट ४ स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा जितेकी हुन् । १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् । नेपालले चालु सागमा ४९ वटा स्वर्ण पदक जितेको छ ।